२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतको तिरुपतिमा वैकुण्ठद्वार दर्शनका क्रममा भागदौड मच्चिँदा ६ जनाको मृत्यु, ४० घाइते

२०८१, २५ पुष बिहीबार ११:५४

काठमाडौँ | भारतको आन्ध्र प्रदेशस्थित श्री तिरुपति मन्दिरमा रहेको वैकुण्ठद्वार दर्शन टिकट काउन्टर नजिक बुधबार राति ९ः३० बजे भागदौड मच्चिएको थियो। सो क्रममा एक महिलासहित ६ जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन्।

शुक्रबारदेखि सुरु हुने १० दिने विशेष वैकुण्ठद्वार दर्शनका लागि टिकट वितरण भइरहेको थियो। मन्दिर समितिले ९१ काउन्टर खोलेको थियो। करिब चार हजारको भिड थियो।

यसैबीच लाइनमा उभिएकी एक महिला बेहोस भइन् र उनलाई उपचारका लागि गेट खोलेर बाहिर निकालिएको थियो। यसै क्रममा मानिसहरू भित्र पस्न थाले र भागदौड जस्तो अवस्था सिर्जना भयो। जसमा ती बिरामी महिलासहित ६ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।

एक दिनअघि मंगलबार तिरुमाला तिरुपति देवस्थानम (टीटीडी) का कार्यकारी अधिकृत जे श्यामला रावले वैकुण्ठ एकादशीमा जनवरी १० देखि १९ सम्म दर्शनका लागि वैकुण्ठद्वार खोल्ने बताएका थिए। बिहान ४.३० बजेबाट प्रोटोकल दर्शन सुरु हुनेछ। त्यसपछि ८ बजेबाट सर्व दर्शन सुरु हुनेछ। त्यसका लागि मानिसहरू टोकन लिन लाइनमा बसेका थिए। यी १० दिनमा करिब ७ लाख भक्तजन आउने सम्भावना रहेको भारतीय मिडियाहरूले जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन