७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतको तिरुपतिमा वैकुण्ठद्वार दर्शनका क्रममा भागदौड मच्चिँदा ६ जनाको मृत्यु, ४० घाइते

२५ पुष २०८१, बिहीबार ११:५४

काठमाडौँ | भारतको आन्ध्र प्रदेशस्थित श्री तिरुपति मन्दिरमा रहेको वैकुण्ठद्वार दर्शन टिकट काउन्टर नजिक बुधबार राति ९ः३० बजे भागदौड मच्चिएको थियो। सो क्रममा एक महिलासहित ६ जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन्।

शुक्रबारदेखि सुरु हुने १० दिने विशेष वैकुण्ठद्वार दर्शनका लागि टिकट वितरण भइरहेको थियो। मन्दिर समितिले ९१ काउन्टर खोलेको थियो। करिब चार हजारको भिड थियो।

यसैबीच लाइनमा उभिएकी एक महिला बेहोस भइन् र उनलाई उपचारका लागि गेट खोलेर बाहिर निकालिएको थियो। यसै क्रममा मानिसहरू भित्र पस्न थाले र भागदौड जस्तो अवस्था सिर्जना भयो। जसमा ती बिरामी महिलासहित ६ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।

एक दिनअघि मंगलबार तिरुमाला तिरुपति देवस्थानम (टीटीडी) का कार्यकारी अधिकृत जे श्यामला रावले वैकुण्ठ एकादशीमा जनवरी १० देखि १९ सम्म दर्शनका लागि वैकुण्ठद्वार खोल्ने बताएका थिए। बिहान ४.३० बजेबाट प्रोटोकल दर्शन सुरु हुनेछ। त्यसपछि ८ बजेबाट सर्व दर्शन सुरु हुनेछ। त्यसका लागि मानिसहरू टोकन लिन लाइनमा बसेका थिए। यी १० दिनमा करिब ७ लाख भक्तजन आउने सम्भावना रहेको भारतीय मिडियाहरूले जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी