2026-10-02 12:07 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साइड नदिएको भन्दै यात्रुवाहक जिप तोडफोड, ९ जना पक्राउ

काठमाडौँ | खोटाङ सदरमुकाम दिक्तेलदेखि काठमाडौंका लागि छुटेको यात्रुवाहक जिप टाटा सुमोमाथि आक्रमण गरेको आरोपमा ९ जना पक्राउ परेका छन् । बिपी लोकमार्ग भएर काठमाडौँ जाँदै गरेको ना १ ज ६१७२ नम्बरको टाटा सुमोमाथि बुधबार साँझ काभ्रेको भकुण्डेबेँसीस्थित पातले खेतमा तोडफोड भएको थियो।

विपरीत दिशाबाट आउँदै गरेको निजी कारलाई साइड नदिएको भन्दै सुमोमा तोडफोड गर्दा अगाडिको सिसादेखि झ्यालहरू सबैमा क्षति पुगेको छ। खोटाङको तुवाचुङ मारातिका यातायात प्राविद्वारा सञ्चालित सुमोमाथि आक्रमण गर्नेहरूको नाम ठेगाना भने प्रहरीले खुलाएको छैन ।

तोडफोड लगत्तै फरार उनीहरुलाई विभिन्न ठाउँबाट पक्राउ गरिएको थियो। जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी डिएसपी मिनबहादुर घलेलाई उद्धृत गर्दै प्रालिले जनाए अनुसार तोडफोडको भिडियो क्लिपसहित चालकको उजुरीका आधारमा उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।

काठमाडौं जाने यात्रु सवार सुमोमाथि अन्धाधुन्ध तोडफोड भएपछि गाडी भगाएर प्रहरी चौकी पु¥याएको चालक केवल राईलाई उद्धृत गर्दै प्रालिका अध्यक्ष टेकिन्द्र राईले बताए । गाडी तोडफोडको घट्नाबारे प्रहरीलाई जानकारी गराउँदै कारबाही गर्न उजुरी दिएपछि उनीहरु पक्राउ परेको उनको भनाई छ ।

उनका अनुसार तोडफोड गर्नेहरु निजी कार भाडामा लिएर कतै गइरहेको र मादक पदार्थ सेवन गरेको प्रहरीले खुलाएको छ । सामान्य साइड नदिएको निहुँमा सर्वसाधारण सवार सार्वजनिक यातायातमाथि तोडफोड गरेकाले उनीहरुलाई कडा कारबाही गर्न अध्यक्ष राईले माग गरेका छन् । दिक्तेलका यात्रु लिएर मध्य पहाडी लोकमार्ग हुँदै काठमाडौँ गइरहेको जिपमाथि बिच सडकमा तोडफोड भएपछि अलपत्र यात्रुलाई अर्को गाडी व्यवस्था गरेर गन्तव्यसम्म पु¥याइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इतर समूहको वडा अधिवेशनबाट देउवा क्षेत्रीय प्रतिनिधिमा चयन प्रतिनिधिसभा बैठक सुरु सुनचाँदीको मूल्य बढ्यो गगन थापा सर्वसम्मत सभापति बन्न सक्छन् : देवराज चालिसे दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने काठमाडौँमा १० दिन विद्युत् कटौती, यी क्षेत्रमा प्रभावित हुनेछ सेवा आर्थिक क्षेत्रका तीन विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो हिम्लुङ हिमपहिरोमा थप चार शव फेला, मृत्यु हुनेको संख्या ११ पुग्यो थापाथलीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, तीन घाइते बहुविवाह र विदेशी पीआर लिने व्यक्ति निजामती सेवामा प्रवेश गर्न नपाउने रोनाल्डोले पोर्चुगलको राष्ट्रिय टोलीको क्याम्प छाडे जबराको गिरफ्तारीबारे सरकारलाई सदनमा जवाफदेही बनाउन झाँक्रीको माग सरकारको ६ महिने कार्यकाल उत्साहजनक भएन : आङ्देम्बे प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अर्न्स्टको शिष्टाचार भेटवार्ता शिक्षा नेपालमा, रोजगारी विदेशमा हुने अवस्था अन्त्य गर्नुपर्छ : सांसद न्यौपाने फ्लाईदुबई घटनामा क्याप्टेन मच्छरको साहसको ट्रम्पद्वारा प्रशंसा फ्लाईदुबई विमानमा ककपिटमै हमला, १०० भन्दा बढी यात्रुको ज्यान जोगियो शुक्रबारदेखि संघीय संसद्को अधिवेशन अन्त्य हुने केएलसिसि टावरमा सुरक्षा दिने श्रमिकहरुको गुनाशो- ‘दुतावास आए तर मालिकका मान्छेसंगै आए’