२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विराटनगरको एक होटलमा भारतीय नागरिक मृत अवस्थामा फेला

२०८१, २५ पुष बिहीबार १२:५७

काठमाडौँ | विराटनगरको होटल इष्टर्न स्टारको एउटा कोठमा एक जना भारतीय नागरिक मृत फेला परेका छन्।

भारत विहारको पूर्णिया घर भएका ३५ वर्षीय दीपककुमार साह होटलको एउटा कोठामा मृत अवस्थामा फेला परेको मोरङका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले जानकारी दिए। उनका अनुसार बुधबार राति साथीहरूसँग रात्रिकालीन खाना खाएर सुतेका साह बिहान कोठाभित्र ओछ्यानमा मृत फेला परे हुन्।

साह भारतीय कपडा कम्पनी सियारामका सेल्सम्यानेजरका रूपमा काम गर्दै आएका थिए। कपडा कम्पनीले सेल्सम्यानेजरहरूलाई ‘रिफ्रेसमेन्ट’ का लागि २५ जनाको टोली विराटनगर ल्याएको थियो। साहसहित उनका साथीहरू बुधबार साँझमा त्यही होटलमा कक्टेल डिनेर (मदिरासहित रातिको खाना) खाएर आ–आफ्नो कोठामा सुत्न गएका थिए। बिहान सबै साथीहरू उठे पनि उनी नउठेपछि प्रहरीलाई खबर गरेको र तत्कालै प्रहरी टोली पुगेर हेर्दा साह ओछ्यानमै मृत भेटिएको डिएसपी जोशीले बताए।

डिएसपी जोशीका अनुसार कम्पनीका प्रतिनिधिसहित आएको टोलीको खाने बस्ने व्यवस्था त्यही होटलमा रहेको र राति सबै जनाले मदिरासहित खानपिन र रमाइलो गरेर सुतेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

साहले बढी मदिरा सेवन गरेका कारण मृत्यु भएको हुनसक्ने आशंका प्रहरीले गरेको छ। मृतक साहका आफन्तलाई खबर भइसकेको र उनीहरू आएपछि उनका बारे थप कुरा खुल्ने प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उनमा पहिलेदेखि कुनै बिरामी थियो वा थिएन भन्ने खुलेको छैन, परिवारका सदस्य आएपछि खुल्ने छ। घटनाको अनुसन्धान विभिन्न तवरबाट सुरु भइसकेको र आफन्त आएपछि थप कानुनी प्रक्रिया पूरा गरेर पोस्टमार्टमलगायत अन्य प्रक्रिया हुने डिएसपी जोशीले बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन