२६ कार्तिक २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विराटनगरको एक होटलमा भारतीय नागरिक मृत अवस्थामा फेला

२५ पुष २०८१, बिहीबार १२:५७

काठमाडौँ | विराटनगरको होटल इष्टर्न स्टारको एउटा कोठमा एक जना भारतीय नागरिक मृत फेला परेका छन्।

भारत विहारको पूर्णिया घर भएका ३५ वर्षीय दीपककुमार साह होटलको एउटा कोठामा मृत अवस्थामा फेला परेको मोरङका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले जानकारी दिए। उनका अनुसार बुधबार राति साथीहरूसँग रात्रिकालीन खाना खाएर सुतेका साह बिहान कोठाभित्र ओछ्यानमा मृत फेला परे हुन्।

साह भारतीय कपडा कम्पनी सियारामका सेल्सम्यानेजरका रूपमा काम गर्दै आएका थिए। कपडा कम्पनीले सेल्सम्यानेजरहरूलाई ‘रिफ्रेसमेन्ट’ का लागि २५ जनाको टोली विराटनगर ल्याएको थियो। साहसहित उनका साथीहरू बुधबार साँझमा त्यही होटलमा कक्टेल डिनेर (मदिरासहित रातिको खाना) खाएर आ–आफ्नो कोठामा सुत्न गएका थिए। बिहान सबै साथीहरू उठे पनि उनी नउठेपछि प्रहरीलाई खबर गरेको र तत्कालै प्रहरी टोली पुगेर हेर्दा साह ओछ्यानमै मृत भेटिएको डिएसपी जोशीले बताए।

डिएसपी जोशीका अनुसार कम्पनीका प्रतिनिधिसहित आएको टोलीको खाने बस्ने व्यवस्था त्यही होटलमा रहेको र राति सबै जनाले मदिरासहित खानपिन र रमाइलो गरेर सुतेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

साहले बढी मदिरा सेवन गरेका कारण मृत्यु भएको हुनसक्ने आशंका प्रहरीले गरेको छ। मृतक साहका आफन्तलाई खबर भइसकेको र उनीहरू आएपछि उनका बारे थप कुरा खुल्ने प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उनमा पहिलेदेखि कुनै बिरामी थियो वा थिएन भन्ने खुलेको छैन, परिवारका सदस्य आएपछि खुल्ने छ। घटनाको अनुसन्धान विभिन्न तवरबाट सुरु भइसकेको र आफन्त आएपछि थप कानुनी प्रक्रिया पूरा गरेर पोस्टमार्टमलगायत अन्य प्रक्रिया हुने डिएसपी जोशीले बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सन् २०२६ को खेल आफ्नो अन्तिम विश्वकप खेल हुने रोनाल्डोको भनाइ निर्वाचनको वातावरण बनाउन दलहरूको भूमिका महत्पूर्ण रहन्छः कानुनमन्त्री सिन्हा नवनियुक्त मुख्यमन्त्री यादवद्वारा पदभार ग्रहण खेलकुद तथा व्यापार महोत्सवमा ‘लन्डन ब्रिज’को रौनक दिल्लीको घातक विस्फोटलाई ‘षड्यन्त्र’ भन्दै प्रधानमन्त्री मोदीद्वारा दोषीलाई कठोर कारबाहीको चेतावनी मन्त्रिपरिषद् बैठकको निर्णय महानगर धुलोमुक्त बनाउँदै कामपा ‘बाबा सम्झेर टोलाइरहन्छन् छोराछोरी…’ पाकिस्तानको अदालतमा विस्फोट, १२ जनाको मृत्यु तालिका थप भएपछि भोजपुर–काठमाडौँ अब चार उडान दर्शकले रुचाउन थाले नेपाली चलचित्र त्रिविको जग्गा फिर्ता ल्याउने प्रक्रियामा प्रधानमन्त्रीद्वारा प्रगति माग राष्ट्रपतिसमक्ष मधेस प्रदेशका प्रदेश प्रमुख कर्णको शपथ लोकतन्त्रको संस्थागत विकासका लागि पद स्वीकार गरेको हुँ : मुख्यमन्त्री यादव पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्धको फैसला नोभेम्बरको अन्त्यतिर आउने सङ्केत बाइस हजार विद्यार्थीको ‘डिजिटल’ स्वास्थ्य ‘प्रोफाइल’ तयार शान्ति पुनर्स्थापना केन्द्रद्वारा ३९९ जनाको उद्धार दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु सन्नी देओलको आग्रह– “धरमजी स्थिर र निगरानीमा हुनुहुन्छ, कृपया अफवाह नफैलाउनुहोस्” आज चार हजार ९०० ले बढ्यो सुन