Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

क्यानडामा गाडीको ठक्करबाट नेपाली युवकको मृत्यु

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:
अन्तिम अपडेट:

काठमाडौँ | क्यानडामा सडक दुर्घटनाबाट एक नेपाली युवाको मृत्यु भएको छ।

क्यानडाको समय अनुसार मंगलबार राती साढे १० बजे क्युबेक सिटीमा उनको मृत्यु भएको हो।

घुम्न जाने क्रममा क्युबेक सिटीको सडकमा गाडी रोकेर बस्दै गर्दा अर्को गाडीले उनलाई ठक्कर दिएको थियो।

गाडीको ठक्करबाट घाइते भएका ती युवाको घटनास्थलमै मृत्यु भएको क्यानडामा कार्यरत कानुन व्यवसायी केशव दाहालले जानकारी दिए।

खोटाङ घर भएका युनेश गिरी क्यानडाको ब्राम्टनमा बस्दै आएका थिए।

दाहसंस्कारको लागि गिरीको शव नेपाल ल्याउने तयारी भइरहेको छ।अध्ययनका लागि युनेश सन् २०२२ को जनवरी ११ मा क्यानडा पुगेका थिए।