८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुई छोरीहरूको हत्या गरेकी पूर्णिमाले भनिन्, ‘श्रीमानले किचकिच गर्थे, त्यसैले हत्या गरेँ’

२५ पुष २०८१, बिहीबार १४:०५

काठमाडौँ | सल्यानको कुपिण्डे नगरपालिका–११ स्थित सिस्नेपातालमा बुधवार बिहान दुई बालिका मृत अवस्थामा भेटिए । पूर्णिमा रानाकी ३ वर्ष र ६ महिनाका दुई छोरीहरू घरमै मृत फेला परेका हुन् ।

मृतकहरूको घाँटीमा डाम देखेपछि प्रहरीले पूर्णिमा रानालाई नियन्त्रणमा लियो । नियन्त्रणमा लिएर सोधपुछ गर्दा पूर्णिमाले हत्या स्वीकार गरेर सल्यानका डीएसपी केशर न्यौपानेले बताए । उनले भने, ‘प्रारम्भिक अनुसन्धानमा आमाले हत्या स्वीकार गरेकी छन्, थप अनुसन्धान गर्दैछौं ।’

पुस २४ मा बिहान पूर्णिमाले छोरीहरू बिरामी भएको भनेर जेठानीलाई खबर गरिन् । छिमेकीहरू घरमा जम्मा हुँदा दुई जना बच्चाको मृत्यु भैसकेको थियो । त्यसपछि घटना प्रहरीसम्म पुग्यो । घटनास्थलमा खटिएका इन्स्पेक्टर नेतृत्वको टोलीले बच्चाको घाँटीमा डाम देखेपछि शङ्का गरे । डीएसपी न्यौपाने भन्छन्, ‘शङ्का लागेर आमालाई नियन्त्रणमा लियौँ ।’

१७ वर्षीया पूर्णिमाले घरको बलोमा सल बाँधेर दुईतिर छोरीहरूलाई झुन्ड्याएर हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । उनले १४ वर्षको उमेरमा टेकमान रानासँग विवाह गरेकी थिइन् । नुवाकोटमा मजदुरी गर्ने टेकमान घर फर्किँदै छन् । टेकमानको जाहेरी लिएर शव पोस्टमार्टम गरिने डीएसपी न्यौपानेले बताए ।

श्रीमानले दुई बच्चाहरू आफ्नो नभएको भनेर शङ्का गरेपछि हत्या गरेको पूर्णिमाले अनुसन्धान अधिकृतहरूसँग बताएकी छन् । उनले प्रहरीसँग भनेकी छन्, ‘श्रीमानले किचकिच गर्थे, त्यसैले हत्या गरेँ ।’ तर, टेकमान र उनको बिचमा झगडा भएको प्रमाण प्रहरीले फेला पारेको छैन ।

दसैँ मनाएर नुवाकोट गएका टेकमान बिचमा घर गएका थिएनन् । घटनास्थल जिल्ला सदरमुकामबाट ४ घण्टाको दुरीमा पर्छ । टेकमान राना २५ वर्षका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी