Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुई छोरीहरूको हत्या गरेकी पूर्णिमाले भनिन्, ‘श्रीमानले किचकिच गर्थे, त्यसैले हत्या गरेँ’

२०८१, २५ पुष बिहीबार १४:०५

काठमाडौँ | सल्यानको कुपिण्डे नगरपालिका–११ स्थित सिस्नेपातालमा बुधवार बिहान दुई बालिका मृत अवस्थामा भेटिए । पूर्णिमा रानाकी ३ वर्ष र ६ महिनाका दुई छोरीहरू घरमै मृत फेला परेका हुन् ।

मृतकहरूको घाँटीमा डाम देखेपछि प्रहरीले पूर्णिमा रानालाई नियन्त्रणमा लियो । नियन्त्रणमा लिएर सोधपुछ गर्दा पूर्णिमाले हत्या स्वीकार गरेर सल्यानका डीएसपी केशर न्यौपानेले बताए । उनले भने, ‘प्रारम्भिक अनुसन्धानमा आमाले हत्या स्वीकार गरेकी छन्, थप अनुसन्धान गर्दैछौं ।’

पुस २४ मा बिहान पूर्णिमाले छोरीहरू बिरामी भएको भनेर जेठानीलाई खबर गरिन् । छिमेकीहरू घरमा जम्मा हुँदा दुई जना बच्चाको मृत्यु भैसकेको थियो । त्यसपछि घटना प्रहरीसम्म पुग्यो । घटनास्थलमा खटिएका इन्स्पेक्टर नेतृत्वको टोलीले बच्चाको घाँटीमा डाम देखेपछि शङ्का गरे । डीएसपी न्यौपाने भन्छन्, ‘शङ्का लागेर आमालाई नियन्त्रणमा लियौँ ।’

१७ वर्षीया पूर्णिमाले घरको बलोमा सल बाँधेर दुईतिर छोरीहरूलाई झुन्ड्याएर हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । उनले १४ वर्षको उमेरमा टेकमान रानासँग विवाह गरेकी थिइन् । नुवाकोटमा मजदुरी गर्ने टेकमान घर फर्किँदै छन् । टेकमानको जाहेरी लिएर शव पोस्टमार्टम गरिने डीएसपी न्यौपानेले बताए ।

श्रीमानले दुई बच्चाहरू आफ्नो नभएको भनेर शङ्का गरेपछि हत्या गरेको पूर्णिमाले अनुसन्धान अधिकृतहरूसँग बताएकी छन् । उनले प्रहरीसँग भनेकी छन्, ‘श्रीमानले किचकिच गर्थे, त्यसैले हत्या गरेँ ।’ तर, टेकमान र उनको बिचमा झगडा भएको प्रमाण प्रहरीले फेला पारेको छैन ।

दसैँ मनाएर नुवाकोट गएका टेकमान बिचमा घर गएका थिएनन् । घटनास्थल जिल्ला सदरमुकामबाट ४ घण्टाको दुरीमा पर्छ । टेकमान राना २५ वर्षका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश