२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वको शक्तिशाली पासपोर्टको सूची सार्वजनिक: सिगापुर विश्वमै शक्तिशाली, नेपाल कति औं स्थानमा? (सुचिसहित)

२०८१, २५ पुष बिहीबार १६:१२

काठमाडौँ | हेनले एण्ड पार्टनर्सले विश्वकको सबैभन्दा शक्तिशाली पासपोर्टको सूची र्याकिङ जारी गरेको छ । यो सूची सन् २०२५ को पहिलो ६ महिनाका लागि शक्तिशाली पासपोर्टको सूचीमा सिंगापुरको पासपोर्टलाई पहिलो स्थानमा राखिएको छ ।

त्यस्तै नेपाललाई भने यो सूचीको १ सय १ औँ स्थानमा राखिएको छ । यस अघि २०२४ मा नेपाल ९८औं स्थानमा रहेको थियो । गत बर्षभन्दा नेपालको पासपोर्ट झन् कमजोर बनेको हो । नेपालभन्दा तल पाकिस्तान, सोमालिया, इराक, सिरिया र अफगानिस्तान जस्ता देशहरु रहेका छन् ।

यो शक्तिशाली पासपोर्टको अर्थ जुन देशका पासपोर्ट जति बलियो हुन्छ त्यो पासपोर्ट भएका व्यक्तिले धेरै देशमा भिजा फ्री यात्रा गर्न सक्ने छन् भन्ने बुझिन्छ । यस हिसाबले नेपालले ३९ देशको भ्रमणका लागि भिसा लगाउनु पर्दैन ।

हेनले एन्ड पार्टनर्सले सार्वजनिक गरेको यो सूचीको आधारमा सिंगापुरको पासपोर्ट संसारको सबैभन्दा शक्तिशाली पासपोर्ट भएको छ । सिंगापुरको पासपोर्ट भएका व्यक्तिले विश्वका १९५ देशहरुको भिजा बिना नै यात्रा गर्न सक्छन् । संसारको दोस्रो सबैभन्दा शक्तिशाली पासपोर्ट जापानको रहेको छ । जापानी पासपोर्ट लिएका व्यक्तिले १९३ वटा देशहरुमा भिजा बिना नै यात्रा गर्न सक्नेछन् । त्यसपछि दक्षिण कोरिया, फ्रान्स, जर्मनी, इटाली, स्पेन र फिनल्यान्ड संयुक्त रुपले तेस्रो स्थानमा रहेको छ । यो पोसपोर्ट भएका व्यक्तिले १९२ वटा देशहरुको भ्रमण गर्नका लागि भिसाको आवश्यकता पर्दैन ।

हाल क्यानडा भिजा नीतिका कारण विश्वमा चर्चाको केन्द्र बनेको छ । पासपोर्ट र्याङ्किङमा क्यानडा, माल्टा र पोल्याण्ड सातौं नम्बरमा छन् । थयस्तै अस्ट्रिया, डेनमार्क, आयरल्याण्ड, लक्जमबर्ग, नर्वे, स्वीडेन, नेदरल्यान्ड्स, बेल्जियम, पोर्चुगल, न्युजिल्यान्ड, स्वीट्जरल्याण्ड र बेलायत आदि यसभन्दा माथि रहेका छन् ।

भारतको पासपोर्ट विश्वमा ८५ औं स्थानमा छ  भने चीन ६०औं स्थानमा रहेको छ। यसरी भारतीय राहदानीमार्फत विश्वका ५७ देशमा भिसा फ्री यात्रा गर्न सकिन्छ । तर, गत वर्षको तुलनामा भारतको राहदानीको वरियतामा ५ अंकले तल झरेको छ ।

भारतको छिमेकी देश पाकिस्तानको कुरा गर्ने हो भने हेन्ले इन्डेक्समा यसको राहदानीको र्याङ्किङ निकै दयनीय छ । आतंकवादका लागि चर्चित पाकिस्तान अहिले गरिवी र पीडामा बाँचिरहेको छ । स्थिति यस्तो छ कि र्याङ्किङमा पाकिस्तानको नम्बर विश्वकै गरिब देश सोमालियाको राहदानीभन्दा पनि कम छ । पाकिस्तानको पासपोर्ट हेन्ले इन्डेक्सको पासपोर्ट र्याङ्किङमा १०३ नम्बरमा छ । जबकि सोमालिया १०२ नम्बरमा छ ।

पाकिस्तानी पासपोर्टभन्दा तलका देशहरुको कुरा गर्ने हो भने इराक (१०४औं), सीरिया (१०५औं) और अफगानिस्तान (१०६औं) स्थानमा छन् अर्थात युद्धमा रुमल्लिरहेका यी देशका पासपोर्टमात्र पाकिस्‍तानभन्दा कमजोर छन् ।

यो वरीयता वर्षमा दुई पटक जारी गरिन्छ । सूचकांक पहिलो पटक जनवरीमा र दोस्रो पटक जुलाईमा जारी गरिन्छ । हेन्ले पासपोर्ट भिसा इन्डेक्सको वेबसाइट अनुसार रियलटाइम डाटा वर्षभरि अद्यावधिक गरिन्छ । यो सूची जारी गर्दा भिसा नीतिमा गरिएका परिवर्तनहरूलाई पनि ध्यानमा राखिएको छ । तथ्याङ्क अन्तर्राष्ट्रिय यातायात संघबाट लिने गरिन्छ । एक देशको राहदानी धारकले भिसा नलिइकन अन्य कति देशको यात्रा गर्न सक्छन् भन्ने आधारमा यो श्रेणी निर्धारण गरिन्छ । यसका लागि उनले पहिले भिसा लिनु पर्दैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ