असार ३०, काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमार्फत स्टाटस राखेर राष्ट्रपति विद्यादेवी भण्डारीलाई गालीगलौज गर्ने पत्रकारलाई प्रहरीले काठमाडौं झिकाएको छ ।
राष्ट्रपतिले गाडी किन्नका लागि १६ करोड रुपैयाँ माग गरेको भन्दै फेसबुकमा राष्ट्रपतिलाई गालीगलौज गर्ने कपिलवस्तुको तौलिहवामा रहेको रेडियोका स्टेशन म्यानेजर सोनुकुमार सुनारलाई बुधबार रेडियो कार्यालय अगाडिबाट प्रहरीले पक्राउ गरेको थियो ।
सुनारमाथि साइबर क्राइम अन्तर्गत अनुसन्धान गर्न सिआइबीले काठमाडौं झिकाएको बताइएको छ । उनलाई आजै अदालत पेश गरी म्याद थप गरेर अनुसन्धान गर्ने सिआइबीले जनाएको छ ।