२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शिक्षिकाले लाठीले पिट्दा युकेजी पढ्ने बालकको आँखा फुट्यो, मुद्दा फिर्ताका लागि दबाब

२०८१, २८ पुष आईतवार १२:०१

काठमाडौँ | पश्चिम नवलपरासीको प्रतापपुरस्थित एच पाठशालामा युकेजीमा पढ्ने ६ बर्षिया बालकको आँखा फुटेको छ।

शिक्षिका सञ्जु चौधरीले लाठी प्रहार गर्दा पाठशालामा यूकेजीमा पढ्ने ६ वर्षका प्रशान्त चौधरीको देब्रे आँखा फुटेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रवक्ता, डीएसपी रेशम बोहराले घटनाको विषयमा मुद्दा दर्ता भएर शिक्षिका चौधरीविरुद्ध पक्राउ पूर्जी जारी भएको जानकारी दिए।

एक महिनाअघि भएको घटनामा मिलापत्र गराउनका लागि पाठशालाले दबाब दिएको पनि खुलेको छ।

दुई विद्यार्थीबीचको विवाद नियन्त्रण गर्न भन्दै प्लाष्टिकको लाठीले निर्घात कुटपिट गर्दा प्रशान्तको आँखा नै गुमेपछि अभिभावक न्यायको खोजीमा प्रहरीकहाँ पुगेका हुन्।

मंसिर १८ गतेको घटना भए पनि विद्यालय प्रशासनले सामसुम पार्न खोजेको थियो। घटनापछि विद्यालय प्रशासनले नै बालकलाई गोपीगन्ज बजारमा उपचारका लागि लगेको पनि खुलेको छ।

त्यहाँ उपचार सम्भव नभएपछि अभिभावकले परासी हुँदै भैरहवाको रण अम्बिका आँखा अस्पतालमा लगेका थिए। देब्रे आँखाको चोटले दाहिने आँखा पनि खोल्न र हेर्न नमिलेको पीडितले बताइरहेका छन्।

बालकका आफन्तले मंसिर १९ मा सेमरी प्रहरी चौकीमा उजुरी दिएका थिए। बालकको उपचारपछि फर्केका बाबु नरेन्द्रले शिक्षिकाको कुटपिटबाट छोराको अंगभंग भएको भन्दै तिलगंगा आँखा अस्पतालको उपचार प्रतिवेदनसहित इलाका प्रहरी कार्यालय बर्दघाटमार्फत पुस १६ गते उजुरी गरेका हुन्।

प्रहरीले अभियुक्त फेला नपरेको बताए पनि २० वर्षीया शिक्षक सन्जु स्नातक तहको परीक्षा दिन परासी बसेको स्थानीयको दाबी छ।

पाठशालाका प्रिन्सिपल सुजितकुमार गुप्ताका अनुसार पढाइरहेको बेला दुईजना विद्यार्थी झगडा गरिरहेको अवस्था थियो। त्यो बेला बोर्डमा प्रयोग गर्नका लागि राख्नु भएको प्लास्टिकको पाइप थियो कि के थियो त्यसले झुक्किएर लागेको शिक्षिकाले विद्यालयलाई जानकारी गराएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन