७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शिक्षिकाले लाठीले पिट्दा युकेजी पढ्ने बालकको आँखा फुट्यो, मुद्दा फिर्ताका लागि दबाब

२८ पुष २०८१, आईतवार १२:०१

काठमाडौँ | पश्चिम नवलपरासीको प्रतापपुरस्थित एच पाठशालामा युकेजीमा पढ्ने ६ बर्षिया बालकको आँखा फुटेको छ।

शिक्षिका सञ्जु चौधरीले लाठी प्रहार गर्दा पाठशालामा यूकेजीमा पढ्ने ६ वर्षका प्रशान्त चौधरीको देब्रे आँखा फुटेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रवक्ता, डीएसपी रेशम बोहराले घटनाको विषयमा मुद्दा दर्ता भएर शिक्षिका चौधरीविरुद्ध पक्राउ पूर्जी जारी भएको जानकारी दिए।

एक महिनाअघि भएको घटनामा मिलापत्र गराउनका लागि पाठशालाले दबाब दिएको पनि खुलेको छ।

दुई विद्यार्थीबीचको विवाद नियन्त्रण गर्न भन्दै प्लाष्टिकको लाठीले निर्घात कुटपिट गर्दा प्रशान्तको आँखा नै गुमेपछि अभिभावक न्यायको खोजीमा प्रहरीकहाँ पुगेका हुन्।

मंसिर १८ गतेको घटना भए पनि विद्यालय प्रशासनले सामसुम पार्न खोजेको थियो। घटनापछि विद्यालय प्रशासनले नै बालकलाई गोपीगन्ज बजारमा उपचारका लागि लगेको पनि खुलेको छ।

त्यहाँ उपचार सम्भव नभएपछि अभिभावकले परासी हुँदै भैरहवाको रण अम्बिका आँखा अस्पतालमा लगेका थिए। देब्रे आँखाको चोटले दाहिने आँखा पनि खोल्न र हेर्न नमिलेको पीडितले बताइरहेका छन्।

बालकका आफन्तले मंसिर १९ मा सेमरी प्रहरी चौकीमा उजुरी दिएका थिए। बालकको उपचारपछि फर्केका बाबु नरेन्द्रले शिक्षिकाको कुटपिटबाट छोराको अंगभंग भएको भन्दै तिलगंगा आँखा अस्पतालको उपचार प्रतिवेदनसहित इलाका प्रहरी कार्यालय बर्दघाटमार्फत पुस १६ गते उजुरी गरेका हुन्।

प्रहरीले अभियुक्त फेला नपरेको बताए पनि २० वर्षीया शिक्षक सन्जु स्नातक तहको परीक्षा दिन परासी बसेको स्थानीयको दाबी छ।

पाठशालाका प्रिन्सिपल सुजितकुमार गुप्ताका अनुसार पढाइरहेको बेला दुईजना विद्यार्थी झगडा गरिरहेको अवस्था थियो। त्यो बेला बोर्डमा प्रयोग गर्नका लागि राख्नु भएको प्लास्टिकको पाइप थियो कि के थियो त्यसले झुक्किएर लागेको शिक्षिकाले विद्यालयलाई जानकारी गराएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी