९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गोरखा - GRK

सुत्केरी भएकी महिलालाई ६ महिनासम्म मासिक ४ हजार

२९ पुष २०८१, सोमबार १७:०६

गोरखा | गोरखाको गण्डकी गाउँपालिकाले बालबच्चालाई कुपोषणबाट जोगाउन सुत्केरी भएकी महिलालाई ६ महिनासम्म मासिक ४ हजार रुपियाँ दिने भएको छ । भर्खरै मात्र सम्पन्न भएको गाउँपालिकाको १७ औ गाउँ सभाबाट गण्डकी गाउँपालिका भित्रका सुत्केरी महिलालाई ६ महिनासम्म मासिक ४ हजार रुपियाँ दिने निर्णय भएको गण्डकी गाउँपालिकाका अध्यक्ष दिपक तिमेल्सना साकारले जानकारी दिनुभयो ।

उहाँका अनुसार आर्थिक अवस्था कमजोर भएका सुत्केरी महिलाहरूले लुलो, लङ्गडो, र ख्याउटे बच्चबच्ची जन्मनेको सङ्ख्या बढी देखिएपछि ती बालबच्चालाई कुपोषणबाट जोगाउन पालिकाले ६ महिनासम्म ४ हजारको दरले सुत्केरी महिलाहरूलाई प्रशस्त मात्रामा पोषिलो खानेकुरा खानाको लागि रकम उपलब्ध गराउने निर्णय भएको उहाँले बताउनुभयो ।

“अहिले गाउँपालिका भित्रका सुत्केरी महिलाहरूलाई नियमिति रूपमा स्वास्थ्य जाँचको लागि निःशुल्क स्वास्थ्य जाँच समेत गाउँपालिकाले गर्दै आएको छ”, स्वास्थ्य शाखा निरीक्षक बिमल रेग्मीले भन्नुभयो, “पोषण सुधारका लागि बालबच्चामा सुुधार आउने विश्वास छ ।”

पालिकाभित्रका सुत्केरी महिलाहरुलाई स्वास्थ्य संस्थामा पुर्‍याउन निःशुल्क एम्बुलेनस तथा विपन्न महिलाहरूका लागि आवश्यक खर्च समेत पालिकाले व्यहोर्दै आएको स्वास्थ्य शाखा निरीक्षक रेग्मीले जानकारी दिनुभयो ।

पोषण सुधारका लागि गाउँपालिकाले सुत्केरी महिलाहरूका लागि २२ लाख रुपियाँ छुट्टाएको छ भने त्यसमध्येबाट रकम अपुग भएमा पुन पालिकाले निर्णय गरी रकम थप गरिने गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता