२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रहरी कार्यालयकै डिजिटल बोर्ड ह्याक गरी ‘आई लभ यू चित्रा’ लेखेपछि..

२०८१, १ माघ मंगलवार १५:४१

काठमाडौं । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको डिजिटल बोर्ड ह्याक भएको छ । सोमबार रातिदेखि कार्यालयको प्रवेशद्वारमा राखिएको बोर्ड ह्याकरको कब्जामा पुगेको हो । ह्याक भएको बोर्डमा अङ्ग्रेजीमा ‘आई लभ यू चित्रा’ लेखिएको छ ।

कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नवराज कार्कीले डिजिटल बोर्ड रिकभर गर्न अझै समय लाग्ने बताए । “आज बिदाको दिन भएर यो बोर्ड राख्ने कम्पनीका प्रतिनिधि रिकभर गर्न आउन पाउनु भएको छैन,” प्रहरी उपरीक्षक कार्कीले  भने, “हामी प्रयास गरिरहेका छौं । सम्भवतः भोलिसम्म रिकभर होला ।”

कार्कीका अनुसार प्रहरीले अहिले बोर्ड रिकभर गर्ने काम सँगै ह्याक गर्ने व्यक्ति खोजिरहेको छ । ह्याकरले डिजिटल बोर्डको कन्टेन्ट मेनेजमेन्ट सिस्टममा एक्सेस पाएर परिवर्तन गरेको आशङ्का गरिएको छ । त्यहीँबाट विभिन्न माध्यम प्रयोग गरी ह्याक गर्ने व्यक्तिसम्म पुग्न प्रहरी प्रयास गरिरहेको छ । ह्याक गर्ने व्यक्तिलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा मुद्दा अगाडि बढाइने कार्कीले बताए ।

पछिल्लो समय यस्ता डिजिटल बोर्ड ह्याक गर्ने घटना अत्यधिक बढेका छन् । हालै मात्र महानगरीय ट्राफिक प्रहरी वृत्त ललितपुरको ललितपुरको बोर्ड ह्याक भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन