७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रहरी कार्यालयकै डिजिटल बोर्ड ह्याक गरी ‘आई लभ यू चित्रा’ लेखेपछि..

१ माघ २०८१, मंगलवार १५:४१

काठमाडौं । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको डिजिटल बोर्ड ह्याक भएको छ । सोमबार रातिदेखि कार्यालयको प्रवेशद्वारमा राखिएको बोर्ड ह्याकरको कब्जामा पुगेको हो । ह्याक भएको बोर्डमा अङ्ग्रेजीमा ‘आई लभ यू चित्रा’ लेखिएको छ ।

कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नवराज कार्कीले डिजिटल बोर्ड रिकभर गर्न अझै समय लाग्ने बताए । “आज बिदाको दिन भएर यो बोर्ड राख्ने कम्पनीका प्रतिनिधि रिकभर गर्न आउन पाउनु भएको छैन,” प्रहरी उपरीक्षक कार्कीले  भने, “हामी प्रयास गरिरहेका छौं । सम्भवतः भोलिसम्म रिकभर होला ।”

कार्कीका अनुसार प्रहरीले अहिले बोर्ड रिकभर गर्ने काम सँगै ह्याक गर्ने व्यक्ति खोजिरहेको छ । ह्याकरले डिजिटल बोर्डको कन्टेन्ट मेनेजमेन्ट सिस्टममा एक्सेस पाएर परिवर्तन गरेको आशङ्का गरिएको छ । त्यहीँबाट विभिन्न माध्यम प्रयोग गरी ह्याक गर्ने व्यक्तिसम्म पुग्न प्रहरी प्रयास गरिरहेको छ । ह्याक गर्ने व्यक्तिलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा मुद्दा अगाडि बढाइने कार्कीले बताए ।

पछिल्लो समय यस्ता डिजिटल बोर्ड ह्याक गर्ने घटना अत्यधिक बढेका छन् । हालै मात्र महानगरीय ट्राफिक प्रहरी वृत्त ललितपुरको ललितपुरको बोर्ड ह्याक भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी