७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जय ट्रफीको फाइनलमा पनि साहबको उत्कृष्ट बलिङ, लिए ७ विकेट

२ माघ २०८१, बुधबार १२:१६

काठमाडौँ | नेपाल पुलिस क्लबले जय ट्रफी एलिट कप फाइनलको पहिलो इनिङ १ सय ३३ रनमा समाप्तिको घोषणा गरेको छ । वीरगन्जस्थित नारायणी क्रिकेट ग्राउन्डमा टस हारेर ब्याटिङको निम्तो पाएको पुलिसले ३६.४ ओभरमा १३३/९ को अवस्थामा पारी पहिलो पारी समाप्तिको घोषणा गरेको हो ।

उसका लागि ओपनर कुशल भुर्तेलले अर्धशतकीय पारी खेले । उनले ५६ बलमा ६ चौकासहित ५१ रन बनाए । यस्तै, अर्जुन साउदले २८, अमित श्रेष्ठले २० र राशिद खानले १० रन जोडे ।

आर्मीका लागि साहब आलमले घातक बलिङ गरे । उनले १२.४ ओभरमा तीन मेडनसहित ३७ रन दिएर सात विकेट लिए । साहबले लिग चरणको अन्तिम खेलमा मधेशविरुद्धको पहिलो इनिङमा ६ विकेट लिएका थिए । साथै, उनले लिग चरणमै एक इनिङमा ८ विकेट लिँदै कीर्तिमान बनाएका थिए ।

साहबले ७ इनिङ्समा २८ विकेट लिइसकेका छन् । यस्तै, फाइनलमा पुलिसविरुद्ध आर्मीका बसिर अहमद र सोमपाल कामीले एक/एक विकेट हात पारे । आर्मीले पहिलो इनिङमा आक्रामक ब्याटिङ गरेको छ । उसले लन्चको समयसम्म १७ ओभरमा तीन विकेट गुमाएर ८७ रन बनाएको छ ।

लिग चरणमा पुलिस शीर्ष र आर्मी दोस्रो स्थानमा रहेका थिए । पुलिसले तीनमध्ये दुईमा जित र एक खेल बराबरी खेल्यो । आर्मीले तीनमध्ये दुईमा बराबरी र एक खेलमा जित निकालेको थियो ।

लिग चरणमा पुलिसले मधेश र बागमती प्रदेशलाई हराउँदा आर्मीसँग बराबरी खेल्यो । यता आर्मीले बागमती र पुलिससँग बराबरी खेल्दा मधेशलाई हरायो ।

२१ पुसदेखि सुरु भएको प्रतियोगितामा गत संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय प्रतियोगिताका शीर्ष चार टिमको सहभागिता थियो । सिङ्गल राउण्ड रोबिनका आधारमा भएको लिगमा कुल ६ खेल भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी