2026-09-18 07:48 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जय ट्रफीको फाइनलमा पनि साहबको उत्कृष्ट बलिङ, लिए ७ विकेट

काठमाडौँ | नेपाल पुलिस क्लबले जय ट्रफी एलिट कप फाइनलको पहिलो इनिङ १ सय ३३ रनमा समाप्तिको घोषणा गरेको छ । वीरगन्जस्थित नारायणी क्रिकेट ग्राउन्डमा टस हारेर ब्याटिङको निम्तो पाएको पुलिसले ३६.४ ओभरमा १३३/९ को अवस्थामा पारी पहिलो पारी समाप्तिको घोषणा गरेको हो ।

उसका लागि ओपनर कुशल भुर्तेलले अर्धशतकीय पारी खेले । उनले ५६ बलमा ६ चौकासहित ५१ रन बनाए । यस्तै, अर्जुन साउदले २८, अमित श्रेष्ठले २० र राशिद खानले १० रन जोडे ।

आर्मीका लागि साहब आलमले घातक बलिङ गरे । उनले १२.४ ओभरमा तीन मेडनसहित ३७ रन दिएर सात विकेट लिए । साहबले लिग चरणको अन्तिम खेलमा मधेशविरुद्धको पहिलो इनिङमा ६ विकेट लिएका थिए । साथै, उनले लिग चरणमै एक इनिङमा ८ विकेट लिँदै कीर्तिमान बनाएका थिए ।

साहबले ७ इनिङ्समा २८ विकेट लिइसकेका छन् । यस्तै, फाइनलमा पुलिसविरुद्ध आर्मीका बसिर अहमद र सोमपाल कामीले एक/एक विकेट हात पारे । आर्मीले पहिलो इनिङमा आक्रामक ब्याटिङ गरेको छ । उसले लन्चको समयसम्म १७ ओभरमा तीन विकेट गुमाएर ८७ रन बनाएको छ ।

लिग चरणमा पुलिस शीर्ष र आर्मी दोस्रो स्थानमा रहेका थिए । पुलिसले तीनमध्ये दुईमा जित र एक खेल बराबरी खेल्यो । आर्मीले तीनमध्ये दुईमा बराबरी र एक खेलमा जित निकालेको थियो ।

लिग चरणमा पुलिसले मधेश र बागमती प्रदेशलाई हराउँदा आर्मीसँग बराबरी खेल्यो । यता आर्मीले बागमती र पुलिससँग बराबरी खेल्दा मधेशलाई हरायो ।

२१ पुसदेखि सुरु भएको प्रतियोगितामा गत संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय प्रतियोगिताका शीर्ष चार टिमको सहभागिता थियो । सिङ्गल राउण्ड रोबिनका आधारमा भएको लिगमा कुल ६ खेल भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई