२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बेंगलोरमा ७ वर्षिया नेपाली बालिकाको बलात्कारपछि आमाकै अगाडि हत्या, एक जना पक्राउ

२०८१, २ माघ बुधबार १३:२४

काठमाडौँ | कालिकोटको नरहरिनाथ गाउँपालिका ४ रुपसा अदेलाकी ७ वर्षीय रश्मी बोकटीको भारतको बेंगलोरमा बलात्कारपछि हत्या भएको छ ।

कामको सिलसिलामा भारतको बेंगलोर बस्दै आएका दिपेन्द्र बोकटी र सुशीला कुँवरकी छोरी रश्मीको डेरामै भएका बेला बिहारका अन्दाजी २५ वर्षीय युवकले दुस्कर्मपछि हत्या गरेको भन्दै त्यहाँस्थित नेपालीहरू आन्दोलनमा उत्रिएका छन् ।

बेंगलोरस्थित नेपाली सङ्घसंस्था र सामाजिक अभियान्ताहरुले गत सोमबारदेखि नाराबाजी गर्दै आन्दोलन गरिरहेको बैतडीका धनिराम बिकले बताए । मृतककी आमाले हत्या गरिरहेको देखेपछि चित्कार गर्दै लट्ठी प्रहार गरे पनि घाँटी थिचेर हत्या गरेको बताइएको छ । अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । अभियुक्त घटनाको पाँच दिनअघि मात्र कामदारका रूपमा सो साइटमा आएका भारतीय संचारमाध्यमहरुले बताएका छन।

घटनाको विषयमा सत्य तथ्य छानबिन गरी दोषी उपर कडा कारबाही र पीडित परिवारलाई राहतको माग गर्दै आवाज उठाइएको छ । भारतको बेंगलोरमा नेपालीहरूका लागि रोजगारीको आकर्षक ठाउँ बने पनि त्यहाँ महिनैपिछे नेपाली माथि दुःखद घटना हुँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन