८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौंका नालामा यसरी बगिन् बालिका (भिडियोसहित)

३१ असार २०७४, शनिबार ०७:४१


असार ३१, काठमाडौं । शुक्रबार काठमाडौंको सामाखुसी, गोंगबु र नेपालटार क्षेत्रमा भिषण बर्षा भएको थियो । 

भिषण बर्षाका कारण सडक नदी जस्तै भएका थिए, राजधानीका भ्वाङ परेका नाला र हिड्ने बाटो छुट्याउनै गार्हो भैरहेको थियो । बर्षा रोकिएको केही समयमा पानीको आहालबीचबाट मानिसहरु आहोरदोहोर गर्दै थिए ।

त्यक्रममा एक बालिका बाटो पार गर्दैगर्दा सीधै ह्युम नालाभित्र पस्छिन् र गायब हुन्छिन् । ह्युमपाइप भित्रै हराइएकी बालिका संयोगले बाहिर नालामा बग्दै गरेको देखिन्छिन् । त्यहाँ उपस्थित एक स्थानीयले उनको जिवितै उद्धार गर्छन् । 

हेर्नुहोस्, सामाजिक संजालमा भाइरल काठमाडौँको सामाखुसीमा सडकमा हिँड्दै गरेकी बालिका नालामा खसेको भिडियो:

 

यस्तै काठमाडौँकै तारकेश्वर नगरपालिकाको नेपालटारमा भने नालामा खसेर बगेकी बालिकाको भने ज्यान गएको छ । 

नेपालटारमा नास्ता पसल सञ्चालन गर्ने झंकनाथ फुयाँलकि १० वर्षीया छोरी बिनिता फुयाल सडक छेउमा खेल्दै थिइन् । पानी परेपछि घरतिर आउन लाग्दा उनी भ्वाङमा परिन्, र सधैंका लागि यो संसारबाट बिदा भइन् । 

उनको शव भने काठमाडौं महानगरपालिका–१६ चौमतीमा फेला परेको बताइएको छ ।

काठमाडौं उपत्यकाको विकासका लागि भन्दै सयौ नीति तथा कार्यक्रम सार्वजनिक हुन्छन, तर समाखुसी चोक र नेपालटारमा भएका यी दुई घटनाले भने राजधानी कसरी असुरक्षित बन्दैछ भन्ने कुरा स्पष्ट देखाउँछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता