२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल पुलिस क्लबले जित्यो जय ट्रफीको उपाधि, सागरले लिए छ विकेट

३ माघ २०८१, बिहीबार १३:५५

काठमाडौँ | जय ट्रफी एलिट कपको उपाधि नेपाल पुलिस क्लबले जितेको छ।

पर्साको वीरगञ्जस्थित नारायणी क्रिकेट मैदानमा त्रिभुवन आर्मी क्लबलाई २८ रनले पराजित गर्दै प्रतियोगिताको उपाधि जितेका हुन्।

१०४ रनको लक्ष्य पछ्याएको त्रिभुवन आर्मी क्लबका ब्याटरहरू ठूलो सर्ट खेल्ने क्रममा ७४ रनमा समेटियो।

आर्मीका लागि इमरान शेखले सर्वाधिक २८ रन बनाउँदा कप्तान विनोद भण्डारी र सोमपाल कामीले समान ११–११ रन जोडे। बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।

पुलिसका लागि सागर ढकालले छ र ललित राजवंशीले चार विकेट लिए।

मंगलबार पर्साको नारायणी क्रिकेट मैदानमा सुरु भएको फाइनल खेलमा आर्मीले टस जितेर पहिला बलिङ रोजेको थियो।

सुरुवाती ब्याटिङमा आएको पुलिसले एक सय ३३ रन बनाउँदा नौ विकेट गुमाएपछि इनिङ डिक्लियर गरेको थियो।

त्यसपछि आफ्नो पहिलो इनिङ ब्याटिङ गर्न आएको आर्मीले एक सय ७० रन बनाउँदै सबै विकेट गुमायो।

दोस्रो दिनमा आफ्नो दोस्रो इनिङको ब्याटिङ गर्न आएको पुलिसले एक सय ३२ रन बनाउँदा नौ विकेट गुमाएपछि खेल स्टम्प भएको थियो।

ब्याटिङमा आएका पुलिसका ब्याटरहरू ललिल राजवंशी र सागर ढकालले आज एक रन पनि बनाउन नसकेपछि आर्मीले विहानै ब्याटिङ थालेको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…