८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धनकुटा - DNK

१३ वर्षीया बालिकालाई बलात्कार अभियोगमा युवक पक्राउ

४ माघ २०८१, शुक्रबार १३:१३

धनकुटा | १३ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले धनकुटाको चौबीसे गाउँपालिकाका एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय सुजन खतिवडा रहेको प्रहरीले जनाएको छ ।

गत मंसिर २८ गते साँझ करिब ७ बजे ललाइफकाइ नजिकको खेतमा लगेर जबर्जस्ती करणी गरेको प्रहरीमा जाहेरीमा उल्लेख छ । किटानी जाहेरीका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालले बताए । बालिकाकी दिदीले प्रहरीमा बिहीबार किटानी जाहेरी दिएकी थिइन् ।

अभियुक्त खतिवडालाई इलाका प्रहरी कार्यालयका निरीक्षक महेन्द्र खड्काको कमान्डमा खटिएको टोलीले घरबाट नियन्त्रणमा लिएको हो । घटनाबारे अनुसन्धान प्रक्रिया अघि बढाएको प्रहरी प्रवक्ता खनालले जनाएका छन् । जिल्ला अस्पतालमा बालिकाको स्वास्थ्य परिक्षण गरिएको र उनको अवस्था सामान्य रहेकोसमेत उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता