२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पश्चिमी रुकुम - RKM

आफन्तको बिहे भोजबाट फर्किंदा मोटरसाइकल दुर्घटना परी एक युवकको मृत्यु

२०८१, ६ माघ आईतवार १३:२२

रूकुम पश्चिम | रूकुम पश्चिममा मध्यराति भएको मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ।

चौरजहारी नगरपालिका–१ लामिछाने गाउँका ३२ वर्षीय चिरन्जीवी लामिछानेको आइतबार बिहान २ बजेतिर घर नजिकै भएको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डिएसपी प्रमेश विष्टले बताए।

आफन्तको बिहे खान गएका लामिछाने चौरजहारी बजारबाट पाँच मिनेट टाढाको घरतर्फ जाने क्रममा बिहान २ बजेतिर दुर्घटनामा परेका थिए। लामिछानेले हाँकेको कर्णाली प्रदेश ०३–००१ प ०४७३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई भित्तामा ठोक्किएको थियो।

मृतक लामिछाने सँगसँगै अर्का एक आफन्त पछिपछि मोटरसाइकलमा सवार थिए। लामिछाने दुर्घटनामा परेको खबर तत्कालै अर्का युवकले प्रहरीलाई फोन गरी सूचना दिएका थिए।

तत्कालै प्रहरी घटनास्थल पुगेर लामिछानेको उद्धार गरी चौरजहारी अस्पताल पुर्‍याएको थियो। चिकित्सकले चेकका क्रममा बिहान साढे २ बजेतिर लामिछानेलाई मृत घोषणा गरेका थिए।

मृतक लामिछाने कर्णाली प्रदेश मार्सल आर्ट्स महासंघ तदर्थ समितिको सदस्य पनि रहेको एक जना आफन्तले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा