८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पश्चिमी रुकुम - RKM

आफन्तको बिहे भोजबाट फर्किंदा मोटरसाइकल दुर्घटना परी एक युवकको मृत्यु

६ माघ २०८१, आईतवार १३:२२

रूकुम पश्चिम | रूकुम पश्चिममा मध्यराति भएको मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ।

चौरजहारी नगरपालिका–१ लामिछाने गाउँका ३२ वर्षीय चिरन्जीवी लामिछानेको आइतबार बिहान २ बजेतिर घर नजिकै भएको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डिएसपी प्रमेश विष्टले बताए।

आफन्तको बिहे खान गएका लामिछाने चौरजहारी बजारबाट पाँच मिनेट टाढाको घरतर्फ जाने क्रममा बिहान २ बजेतिर दुर्घटनामा परेका थिए। लामिछानेले हाँकेको कर्णाली प्रदेश ०३–००१ प ०४७३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई भित्तामा ठोक्किएको थियो।

मृतक लामिछाने सँगसँगै अर्का एक आफन्त पछिपछि मोटरसाइकलमा सवार थिए। लामिछाने दुर्घटनामा परेको खबर तत्कालै अर्का युवकले प्रहरीलाई फोन गरी सूचना दिएका थिए।

तत्कालै प्रहरी घटनास्थल पुगेर लामिछानेको उद्धार गरी चौरजहारी अस्पताल पुर्‍याएको थियो। चिकित्सकले चेकका क्रममा बिहान साढे २ बजेतिर लामिछानेलाई मृत घोषणा गरेका थिए।

मृतक लामिछाने कर्णाली प्रदेश मार्सल आर्ट्स महासंघ तदर्थ समितिको सदस्य पनि रहेको एक जना आफन्तले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता