२५ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

अन्त्येष्टि गर्न ठिक्क पारेको शवलाई गोलि लागेको हल्ला चलेपछि…., दुई जना पक्राउ

६ माघ २०८१, आईतवार १५:१२

दाङ | दाङमा एक जनाको गोली लागेर मृत्यु भएपछि दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

हत्या अभियोग लागेका दुई जनालाई प्रहरीले अनुसन्धानको लागि नियन्त्रणमा लिएको हो । दंगीशरण गाउँपालिका – २ कौवाघारीका २५ वर्षीय प्रेमबहादुर कुसारीको हत्या प्रकरणमा स्थानीय दुई युवा पक्राउ गरिएको र घटनामा प्रयोग भएको भरूवा बन्दुक बरामद भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

बन्दुक वन क्षेत्रबाट प्रहरीले बरामद गरेको छ । प्रहरीले प्रेमबहादुरका साथी स्थानीय छविलाल डाँगी र पुष्प बस्नेतलाई शनिबार तुलसीपुरबाट पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख एसपी अर्जुन तिमिल्सिनाले जानकारी दिए ।

सुरुमा प्रहरीलाई प्रेमबहादुर रुखबाट लडेर घाइते भएको सूचना प्रहरीले पाएको थियो । तर छानविन गर्दै जाँदा घटनाले फरक रुप लिएको हो । प्रेमबहादुरको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा प्राथमिक उपचार गरेर थप उपचारका लागि बाँके लगिएको थियो ।

तर, उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए । घटना माघ ३ गते दिउँसोको समयमा भएको थियो । माघ ४ गते प्रेमबहादुरको शव फिर्ता ल्याइएको थियो ।

अन्त्येष्टि गर्न जुटेका बेला गोली लागेर हत्या भएको हल्ला चलेपछि प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको र शवको विस्तृत पोष्ट मार्टम गर्दा तिघ्रामा छर्रा फेला परेको देखियो ।

घाट लैजान ठिक्क परेको शवलाई पोष्ट मार्टमका लागि पठाइएको थियो । प्रहरी स्रोतका अनुसार चोरीशिकार गर्न गएका बखत प्रेमबहादुर लड्दा उनी आफैंले बोकेको बन्दुक पड्किएर गोली लागेको भनेर पक्राउ परेका छविलाल र पुष्पले बयान दिएका छन् ।

थप अनुसन्धानपछि मात्रै गोलीबारे स्पष्ट भन्न सकिने प्रहरी कार्यालयले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युक्रेनमा नयाँ ‘ओरेसनिक’ ब्यालेस्टिक मिसाइल प्रयोग गरेको रुसको दाबी जनसङ्ठनहरुलाई निर्वाचन केन्द्रित हुन एमाले महासचिवको निर्देशन अलेप्पोमा झडपपछि सिरियाद्वारा युद्धविराम घोषणा ‘बालेन र रविको सहयात्रा अदृश्य शक्तिले जोडेको होइन’ आदिवासी जनजातिका लागि निःशुल्क लोकसेवा कक्षा सञ्चालन देशको अर्थतन्त्र नसुध्रिएसम्म शिक्षामन्त्री पुन विदेश भ्रमणमा जान अनिच्छुक नेपालमा पहिलो मत्स्य अभयारण्य क्षेत्र घोषणा सुनको मूल्य बढ्यो, चाँदीको घट्यो वर्तमान सरकारमा बस्नेलाई कुनै दलप्रति ढल्कने छुट छैनः गृहमन्त्री बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी ग्रिनल्यान्डबारे रुबियो–डेनमार्क वार्ता तय घिसिङसँगको सहमति औपचारिक प्रक्रियामाः सभापति लामिछाने यमन नेता तस्करीको आरोपले साउदी–युएई तनाव राष्ट्रपतिसँग बिदाइ भेट ‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो : अभिनेता सौगात मल्ल संविधानको रक्षाका लागि निर्वाचन अनिवार्य शर्त होः गृहमन्त्री काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवार सिफारिस पेट्रो–ट्रम्प टकरावले कोलम्बिया कूटनीतिक दोधारमा श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय आगामी प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने