२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

अन्त्येष्टि गर्न ठिक्क पारेको शवलाई गोलि लागेको हल्ला चलेपछि…., दुई जना पक्राउ

२०८१, ६ माघ आईतवार १५:१२

दाङ | दाङमा एक जनाको गोली लागेर मृत्यु भएपछि दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

हत्या अभियोग लागेका दुई जनालाई प्रहरीले अनुसन्धानको लागि नियन्त्रणमा लिएको हो । दंगीशरण गाउँपालिका – २ कौवाघारीका २५ वर्षीय प्रेमबहादुर कुसारीको हत्या प्रकरणमा स्थानीय दुई युवा पक्राउ गरिएको र घटनामा प्रयोग भएको भरूवा बन्दुक बरामद भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

बन्दुक वन क्षेत्रबाट प्रहरीले बरामद गरेको छ । प्रहरीले प्रेमबहादुरका साथी स्थानीय छविलाल डाँगी र पुष्प बस्नेतलाई शनिबार तुलसीपुरबाट पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख एसपी अर्जुन तिमिल्सिनाले जानकारी दिए ।

सुरुमा प्रहरीलाई प्रेमबहादुर रुखबाट लडेर घाइते भएको सूचना प्रहरीले पाएको थियो । तर छानविन गर्दै जाँदा घटनाले फरक रुप लिएको हो । प्रेमबहादुरको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा प्राथमिक उपचार गरेर थप उपचारका लागि बाँके लगिएको थियो ।

तर, उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए । घटना माघ ३ गते दिउँसोको समयमा भएको थियो । माघ ४ गते प्रेमबहादुरको शव फिर्ता ल्याइएको थियो ।

अन्त्येष्टि गर्न जुटेका बेला गोली लागेर हत्या भएको हल्ला चलेपछि प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको र शवको विस्तृत पोष्ट मार्टम गर्दा तिघ्रामा छर्रा फेला परेको देखियो ।

घाट लैजान ठिक्क परेको शवलाई पोष्ट मार्टमका लागि पठाइएको थियो । प्रहरी स्रोतका अनुसार चोरीशिकार गर्न गएका बखत प्रेमबहादुर लड्दा उनी आफैंले बोकेको बन्दुक पड्किएर गोली लागेको भनेर पक्राउ परेका छविलाल र पुष्पले बयान दिएका छन् ।

थप अनुसन्धानपछि मात्रै गोलीबारे स्पष्ट भन्न सकिने प्रहरी कार्यालयले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन