साउन १, काठमाडौँ । यातायात व्यवस्था विभागले बिपी राजमार्गमा रातिको समयमा चल्ने भाडाका सवारीसाधन आवतजावतमा रोक लगाएको छ । 

विभागमा आज विभागका "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन १, काठमाडौँ । यातायात व्यवस्था विभागले बिपी राजमार्गमा रातिको समयमा चल्ने भाडाका सवारीसाधन आवतजावतमा रोक लगाएको छ । 

विभागमा आज विभागका "/>

८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बिपी राजमार्गमा रातिको समयमा आवतजावतमा रोक

१ श्रावण २०७४, आईतवार १३:१०


साउन १, काठमाडौँ । यातायात व्यवस्था विभागले बिपी राजमार्गमा रातिको समयमा चल्ने भाडाका सवारीसाधन आवतजावतमा रोक लगाएको छ । 

विभागमा आज विभागका पदाधिकारी, ट्राफिक प्रहरी र यातायात व्यवसायीबीच बसेको बैठकले भोलिदेखि रात्रिकालीन समयमा राजमार्गमा चल्ने भाडाका सवारी आवतजावतमा रोक लगाउने निर्णय गरेको हो । 

विभागका प्रवक्ता डा टोकराज पाण्डेले साँघुरो बाटोमा धेरै सवारीसाधन आवतजावत गर्दा दुर्घटना धेरै हुँदै गएको भन्दै उक्त राजमार्गमा चल्ने भाडाका सवारी आवतजावतमा रोक लगाइएको जानकारी दिनुभयो । उक्त राजमार्गमा भाडाका साना सवारीसाधन चल्दै आएका छन् । 

बैठकले काठमाडौँ उपत्यकामा अनलाइन सेवामार्फत सवारीसाधन अनुमतिपत्र (लाइसेन्स)को फर्म भर्ने व्यवस्थासमेत गरेको छ । 

यसैगरी, विभागले आजदेखि देशभर सवारीसाधन अनुमतिपत्र (लाइसेन्स)को सट्टा देशभर स्मार्ट कार्ड प्रणाली लागू गरेको छ । विसं २०७२ मंसिरदेखि वागमती अञ्चल कार्यालयमा शुरु गरेको स्मार्ट कार्ड प्रणाली आजदेखि अन्य १३ अञ्चलमा पनि लागू गरेको हो । 

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बिपी राजमार्ग साँघुरो र सडकको अवस्था राम्रो नभएकाले आफूहरुले उक्त निर्णयमा सहमति जनाएको बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता