२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चितवनमा प्रहरीले युवकलाई ‘पावर लगाउँछस्’ भन्दै कुटेको भिडिओ भाइरल, छानबिन समिति गठन

चितवन प्रहरीले बनायो घटना छानबिन समिति
२०८१, ७ माघ सोमबार ११:५८

काठमाडौँ | प्रहरीले एक व्यक्तिमाथि निर्घात कुटपिट गरिरहेको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल छ।

रातको समयमा सवारी चालक अनुमती पत्र र बिलबुक चेकजाँच गर्ने क्रममा ती पिटाई खाने व्यक्तिले सडक किनारबाट ‘म फोन गर्छु, पर्खिनुस्’ भन्ने आवाज सुनिन्छ।

सो लगत्तै डिउटीमा खटिएका प्रहरीले झम्टिएर उनीमाथि लात्ता प्रहार गरेको भिडियोमा देख्न सकिन्छ। प्रहरीबाट जोगिन ती युवक अलि पर भाग्न खोज्छन्। तर प्रहरी पछि लाग्दै लात्तीले हानेर ती व्यक्तिलाई बिजुलीको पोल छेउमा लडाउँछन्।

‘ए फोन गर्छस्? कस्लाई फोन गर्छस? पावर लगाउँछस्?’ भन्दै ती व्यक्तिलाई भुइँमा लडाएर कम्मरमुनीको भागमा लात्तै लात्ताले हानेको भिडियोमा प्रष्ट देखिन्छ।

यो भिडियो चितवनको भरतपुर महानगरपालिका बाइबास रोड क्षेत्रको हो। सेतो सर्ट र कालो पाइन्ट लगाएका अन्दाजी २४/२५ वर्षका जस्तो देखिने एक पुरुषलाई प्रहरीले गरेको निर्घात कुटपिटको भिडियो भाइरल भएपछि सत्यतथ्य पत्ता लगाउन अनुसन्धान थालिएको चितवनका प्रहरी प्रमुख एसपी गौतम मिश्रले बताए।

एसपी मिश्रका अनुसार घटना छानबिनका लागि डीएसपी ज्ञानकुमार महतोको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको छ।

‘घटना भएको लोकेसन भेरिफाइ गरिरहेका छौँ,’ उनले भने, ‘भेरिफाइ भइसकेपछि घटनाबारे जानकारी गराउने छौँ। घटनाबारे आवश्यक अनुसन्धान गरेर कुटपिट गर्ने प्रहरीमाथि नियम अनुसार कारबाही प्रक्रिया अगाडि बढाउने छौँ।’

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन