2026-10-11 03:42 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पछिल्लो साढे ६ वर्षको अवधिमा नेपालमा १ अर्बभन्दा बढी कण्डमको आयात, कोभिडको समयमा सबैभन्दा बढी खपत

काठमाडौँ | पछिल्लो साढे ६ वर्षको अवधिमा नेपालमा साढे २० करोड पीसभन्दा बढी कण्डमको खपत भएको छ ।

भन्सार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०७६/७७ देखि चालु आर्थिक वर्ष २०८१/८२ को ६ महिनाको अवधिमा १ अर्ब १२ करोड ६३ लाख ६६ हजार रुपैयाँबराबरको २० करोड ६६ लाख ३१ हजार थान कण्डम नेपालमा आयात भएको छ ।

यो तथ्यांकअनुसार पछिल्लो साढे ६ वर्षको अवधिमा नेपालमा कोभिडकाल र कोभिड वर्षलगत्तैको वर्षमा सवैभन्दा बढी आयात भएको पाइएको छ ।

आर्थिक वर्ष २०७७/७८ मा कोभिड काल थियो । कोभिड महामारी फैलिएका कारण त्यो वर्ष लकडाउन थियो । त्यो बेला नेपालीहरु घरमा बस्न बाध्य भएका थिए । घरमा बस्न बाध्य भएको वर्षमै सबैभन्दा बढी कण्डम आयात भएको हो ।

तथ्यांक अनुसार त्यो आर्थिक वर्षमा २४ करोड ४१ लाख ८८ हजार रुपैयाँबराबरको ६ करोड १ लाख ९ हजार ४ सय ७३ थान कण्डम नेपालमा आयात भएको थियो ।

लगत्तै कोभिडको प्रभाव रहेकै अर्को आर्थिक वर्ष २०७८/७९ मा पनि अत्यधिक आयात र खपत भएको छ । त्यो वर्षमा १६ करोड ३० लाख १६ हजार रुपैयाँबराबरको ५ करोड २८ लाख ३७ हजार ८७८ पीस कण्डम नेपालमा आयात हुनुका साथै खपत भएको थियो ।

चाखलाग्दो तथ्यांक के छ भने कोभिड वर्षअघिको आर्थिक वर्ष २०७६/७७ मा पछिल्लो साढे ६ वर्षको अवधिमा सबैभन्दा कम परिमाणमा कण्डमको आयात र खपत भएको थियो ।

त्यो वर्षमा १३ करोड ३० लाख ६९ हजार रुपैयाँबराबरको १ लाख ११ हजार ५६४ पीस कण्डमको आयात भएका थियो । तथ्यांकअनुसार चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा १२ करोड ६२ लाख रुपैयाँबराबरको १ करोड ७७ लाख ४० हजार पीस कण्डम नेपालमा आयात भएको छ ।

यस्तै गत आर्थिक वर्ष २०८०/८१ मा २४ करोड ६९ लाख ८७ हजार रुपैयाँबराबरको ३ करोड ९२ लाख ३२ हजार पीस आयात भएको थियो । अघिल्लो आर्थिक वर्ष २०७९/८० मा २१ करोड २८ लाख ४८ हजार रुपैयाँबराबरको ३ करोड ६५ लाख ९९ हजार पीस आयात भएको थियो ।

भारतबाट सबैभन्दा बढी आयात
नेपालमा आयात हुने कण्डमको कूल परिमाणमध्ये सबैभन्दा बढी भारतबाट आयात हुँदै आएको छ । कूल आयातमध्ये झण्डै तीन चौथाईभन्दा बढी भारतबाट आयात हुन्छ ।

त्यसपछि थाइल्याण्ड, मलेशिया, कोरिया, चीन, वंगलादेशलगायतका मुलुकबाट आयात हुँदै आएको छ । थाइल्याण्ड विश्वको सबैभन्दा ठूलो कण्डम निर्यात गर्ने मुलुक हो । दोश्रोमा भने भारत छ । थाइल्याण्डबाट मात्रै वार्षिक ३ खर्ब ४५ अर्ब ४८ करोड ६७ लाख नेपाली रुपैयाँबराबरको कण्डम विश्वभरको मुलुकमा निर्यात हुँदै आएको छ ।

यस्तै भारतबाट १ खर्ब २५ अर्ब ३१ करोड ४४ लाख नेपाली रुपैयाँबराबरको कण्डम विश्वबजारमा निर्यात गर्दैआएको छ । तेस्रोमा मलेशियाले १ खर्ब ११ अर्ब ५२ करोड ६३ लाख रुपैयाँबराबरको कण्डम निर्यात गर्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध