टेक शाही/साउन २, डोल्पा । डोल्पाको मसिनेचौर बिमानस्थल सञ्चालनमा नआए पछि डोल्पाली पिडामा परेका छन । 

जिल्लामा रहेका २ वटा बिमानस्थल मध्य नियमित रुपमा सञ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

टेक शाही/साउन २, डोल्पा । डोल्पाको मसिनेचौर बिमानस्थल सञ्चालनमा नआए पछि डोल्पाली पिडामा परेका छन । 

जिल्लामा रहेका २ वटा बिमानस्थल मध्य नियमित रुपमा सञ"/>

२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मसिनेचौर बिमानस्थल सञ्चालन नहुँदा डोल्पाली पिडामा

२ श्रावण २०७४, सोमबार ०६:५९


टेक शाही/साउन २, डोल्पा । डोल्पाको मसिनेचौर बिमानस्थल सञ्चालनमा नआए पछि डोल्पाली पिडामा परेका छन । 

जिल्लामा रहेका २ वटा बिमानस्थल मध्य नियमित रुपमा सञ्चालनमा रहेको जुफाल बिमानस्थल कालो पत्रे गर्नको लागि बन्द गरि मसिनेचौर बिमानस्थल महिनौ दिन बिति सक्दा सुचारु नगर्दा डोल्पाली यात्रु मर्कामा परेको हुन । 

जुफाल बिमानस्थलको धावनमार्ग कालो पत्रेको लागि गएको जेष्ठ २५ गतेबाट बन्द गरिएको थियो । कालो पत्रेको लागि बिमानस्थल बन्द गर्नु भन्दा पहिलो जिल्ला प्रशासन कार्यालय डोल्पामा बसेको सर्वपक्षिय बैठकले एक साता भित्रमा पाहाडाको मसिनेचौर बिमानस्थल सञ्चालनमा ल्याउने निर्णय गरे पनि महिनौ बिति सक्दा पनि सञ्चालनमा ल्याउन नसकेको र जनताको यातयातको सेवा बञ्चित गराएको नागारिक समाज डोल्पाको अरोप छ । 


राष्ट्रिय राजमार्गमा नजोडिएका डोल्पाली जनताको एक मात्र यातायातको माध्याम भनेको हवाइ मार्ग रहेको छ । भएको हवाइ मार्ग पनि कालो पत्रको लागि भन्दै महिनौ देखि बन्द रहेको छ भने अर्को बिमानस्थल सञ्चालनको लागि कुनै पनि पहल नगरिएको नागरिक समाजले बिभिन्न निकायमा लिखित र मौखिक रुपमा पहल गरे पनि सुनुवाइ नभएको नागरिक समाजका अगुवा सुरेन्द्र ढकालले बताए ।

नगारिक उड्यन प्राधिकरणका निर्देशकलाइ लिखित रुपमा गुनासो गर्दा आफुले डोल्पालीको समस्या बुझेको नागरिक समाज देखि सँसद धन बहादुर बुढा पनि गुनासो लिएर आएको र मसिनेचौर बिमानस्थल सञ्चालनको लागि प्राबिधिक अबस्थाको अध्ययन गरि सिङ्गल इन्जीन भएका जहाज उडानको लागि रिपोट पेस गर्न भनि बिर प्रसाद शाहीलाइ भने पनि बिर प्रसाद शाहीले नै हाल सम्म कुनै पनि जानकारि नदिएकोले सञ्चालन गर्ने नगर्ने भन्ने कुराको टुङ्गो नभएको निर्देशले बताए । 


तर यता बिर प्रसाद शाहीसँग बुझदा आफुले टुवीननटर जहाजले पनि उडान भर्न सक्ने भएकोले सबै बिमान कम्पनीले ण्उान गर्न सक्ने रिपोट दिएका जनाए । जहाज कम्पनीले भाडा दरमा नमिले पछि उडान नगरको शाहीको दावि रहेको छ ।

अधिकाँश यात्रुहरु जोखिम पूर्ण यात्रा गर्दै पदैल जाने गरे पनि बिरामीहरुको लागि भने कुनै पनि माध्यायम छैन । आर्थिक भएकाहरुले प्रति ब्यक्ति ५० हजार रुपैया तिरेर हेलिकप्टर चढ्ने गरे पनि सर्वसाधारणको लागि भने कुनै यातायातका साधान छैनन डोल्पामा । 

राजनितिक दलको पहलमा सम्भावना रहेको नागरिकहरुको भनाइ रहेको छ । लामो समय सम्म पनि बिकल्प नखोजि सञ्चालनमा रहेको बिमानस्थल बन्द गर्दा नागरिकलाइ हरेक सेवाबाट बञ्चित गराएको डोल्पाली जनताको गुनासो छ भने आज सम्म नागरिक समाज डोल्पाबाहेक अन्य कुनै पनि निकायबाट मसिनेचौर बिमानस्थल सञ्चालनको लागि पहल भएको छैन  ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य