साउन २, पाल्पा । डर र लाजका कारण वर्षौदेखि विभिन्न रोगले भित्रभित्रै ग्रसित महिलाका समस्या घुम्ती स्वास्थ्य शिविरबाट बाहिर आउन थालेका छन् । 

"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन २, पाल्पा । डर र लाजका कारण वर्षौदेखि विभिन्न रोगले भित्रभित्रै ग्रसित महिलाका समस्या घुम्ती स्वास्थ्य शिविरबाट बाहिर आउन थालेका छन् । 

"/>

२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

घुम्ती शिविरबाट महिलाका समस्या बाहिर आउन थाले

२ श्रावण २०७४, सोमबार ०९:३८


साउन २, पाल्पा । डर र लाजका कारण वर्षौदेखि विभिन्न रोगले भित्रभित्रै ग्रसित महिलाका समस्या घुम्ती स्वास्थ्य शिविरबाट बाहिर आउन थालेका छन् । 

स्वास्थ्य संस्था तथा क्लिनिकमा रोगबारे बताउन लाज र डर मान्ने यहाँका महिला हिजोआज गाउँघरमा सञ्चालन हुने घुम्ती स्वास्थ्य शिविरमार्फत आफ्ना समस्या बताउन सक्ने भएका छन् । 

महिलामा चेतनाको स्तर वृद्धि भएका कारण पनि खुलेर आफ्ना समस्या लिएर स्वास्थ्य संस्था, शिविरमा जान थालेपछि महिलासम्बन्धी विभिन्न समस्या बाहिर आउन थालेको हो । केही समय अघिसम्म महिलाहरु भित्रभित्रै रोगसँगै लडी लाज र डरका कारण पीडालाई लुकाउने गर्दथे । 

आफ्ना समस्या लुकाई सधँै आँशुमा बगाउन बाध्य महिला हिजोआज भने गाउँमा सञ्चालन हुने स्वास्थ्य शिविर, क्लिनिकमा खुलेरै आफ्ना समस्याको जाँच गराउन थालेका छन् । स्वास्थ्य संस्था तथा क्लिनिकमा आफ्ना समस्याबारे बताउन नचाहने र रोगसँग लडिरहेका महिलालाई लक्षित गरेर जिल्ला जनस्वास्थ्य कार्यालयमार्फत जिल्लाका विभिन्न ग्रामीण स्थानमा सञ्चालन भएका घुम्ती स्वास्थ्य शिविरले ठूलो मद्दत पुगेको छ । 

कार्यालयले जिल्लाको चापपानी, छहरा र पिपलडाँडामा सञ्चालन गरेको पाठेघरसम्बन्धी घुम्ती स्वास्थ्य शिविरमा महिला नै खुलेर आफ्ना समस्या राख्न र सल्लाहका लागि आउनेको ठूलो संख्या थियो । शिविरमा महिलाको पाठेघर खस्ने (आङ् खस्ने) को समस्या तथा पाठेघरको मुखको क्यान्सर भए नभएको जाँच गरिएको छ । 

आर्थिक वर्ष २०७३÷७४ मा विभिन्न स्थानमा सञ्चालन भएको पाठेघरसम्बन्धी घुम्ती स्वास्थ्य शिविरमा ७२१ जनाको उपचार गरिएकामा नौ जनामा पोजेटिभ क्यान्सर देखा परेको पाइएको छ । ११ जनाको पाठेघरको मुखमा रिङ राखिएको छ भने ७०१ जनाको पाठेघरसम्बन्धी अन्य उपचार गरिएको कार्यालयका सूचना अधिकारी माधवप्रसाद ज्ञवालीले जानकारी दिनुभयो । 

शिविरमा परीक्षणको क्रममा पोजेटिभ पाठेघरको क्यान्सर देखा परेका महिलालाई थप उपचारका लागि भरतपुर अस्पतालमा पठाइएको छ । पाठेघरको मुखमा रिङ राखिएका महिलालाई सम्बन्धित स्वास्थ्य संस्थाबाट रिङ बदलिरहन, खानपान र सरसफाइमा विशेष ध्यान दिन स्वास्थ्यकर्मीको अनुरोध छ । 

कम उमेरमा बिहे गर्ने, उमेर नपुग्दै बच्चा जन्माउने, छिटोछिटो बच्चा जन्माउने, उमेर ढल्केपछि बच्चा जन्माउने, लामो समयसम्म पनि सुत्केरी ब्यथा लाग्दा पनि घरमै राख्ने, सुत्केरी अवस्थामा आराम नगर्नु, कुनै रोग लाग्दा समयमा उपचार नगर्दा महिलामा पाठेघरसम्बन्धी समस्याले सताउने गरेको सूचना अधिकारी ज्ञवाली बताउनुहुन्छ । 

पाल्पा जिल्लामा वर्षेनी महिलामा देखापर्ने पाठेघरसम्बन्धी समस्या घट्दो अवस्थामा रहेको छ । तर अझै पनि महिला यस विषयमा समाजमा बाहिर खुल्न नसकिरहेको अवस्था छ । महिलामा सुत्केरी अवस्था देखिने नै आफ्नो स्वास्थ्यको ख्याल नहुने, गर्भावस्था देखिने नै कडा परिश्रम गर्नुपर्ने बाध्यता , महिलाले डर तथा लाजका कारण श्रीमान्लाई नसुनाउने, स्वास्थ्य संस्थामा डाक्टर समक्ष पहुँच पु¥याउन समेत लाज मान्ने प्रवृत्ति महिलामा हालसम्म पनि विद्यमान रहेकै कारण गाउँगाउँमा यस्ता शिविर राखिएको हो । 

रोगसंँग लडी मनभरी पीडालाई दबाएर बसेका महिलाको समस्यालाई गाउँघरमा सञ्चालन हुने स्वास्थ्य शिविरले पनि पीडाबाट मुक्त हुने अवसर मिलेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु