८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

प्रेमीलाई अविवाहित भनेर बोलेको झूटलाई बचाउन २ नाबालिग छोरीको हत्या

९ माघ २०८१, बुधबार १७:०४

सुर्खेत । सल्यानको वनगाड कुपिन्डे नगरपालिका-११ की २६ वर्षीया पूर्णिमा राना मगरले विवाहेत्तर प्रेम सम्बन्ध बचाउन आफ्ना दुई नाबालिग छोरीको हत्या गरेको खुलेको छ । पूर्णिमाले पुस २४ मा २ छोरीको घाँटी थिचेर हत्या गरेकी हुन् ।

सल्यानका प्रहरी प्रमुख डीएसपी केशर न्यौपानेका अनुसार, पूर्णिमा विगत ६ महिनादेखि फेसबुकमार्फत चिनजान भएका सल्यान शारदा नगरपालिकाका अविवाहित युवकसँग प्रेम सम्बन्धमा थिइन्। ती युवक हाल भारतमा बस्दै आएका थिए। प्रेम सम्बन्ध गाढा हुँदै गएपछि उनीहरूले विवाह गर्ने योजना बनाएका थिए।

पूर्णिमाले ती युवकलाई आफू अविवाहित भएको बताएकी थिइन्। आफ्नो विवाहको झूट लुकाउन र छोरीहरूको अस्तित्व ढाकछोप गर्न उनले यस्तो क्रूर कदम चालेको प्रहरीको भनाइ छ।

‘प्रेमीसँग विवाह गर्न चाहने पूर्णिमाले आफ्नो ३ वर्ष र ६ महिनाकी छोरीहरूको अस्तित्व लुकाउन घाँटी थिचेर हत्या गरेकी हुन्,’ डीएसपी न्यौपानेले भने।

पूर्णिमाका श्रीमान टेकबहादुर प्रायः मजदुरीका लागि घरबाहिर रहने गर्थे। घटनाको दिन पनि उनी नुवाकोटमा मजदुरीका लागि गएका थिए।

प्रहरीले घटनाको थप अनुसन्धानका लागि पूर्णिमा र उनका प्रेमीको मोबाइल फरेन्सिक जाँच गर्न काठमाडौं पठाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता