२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बुधवार सन्दीपले गराए शल्यक्रिया, केही दिन अस्पतालमै बस्नुपर्ने

२०८१, १० माघ बिहीबार १२:४१

काठमाडौँ | पछिल्लो समय सन्दीप लामिछाने विभिन्न समस्याहरूबाट गुज्रिरहेका छन्। सन्दीपको जीवनमा एक समस्या समाधान भएको हुँदैन, अर्को समस्या उत्पन्न भइहाल्छ। नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य सन्दीप लामिछानेको शल्यक्रिया भएको छ। क्रिकेटर लामिछानेको बालाजुस्थित सिल्भरलाइन अस्पतालमा बुधवार शल्यक्रिया सम्पन्न भएको हो।

अस्पतालका प्रबन्धक डा. अभिषेकराज सिंहका अनुसार लामिछानेको राइट डाइरेक्ट इङ्गुइनल हर्नियाँको टोटल एक्स्ट्रा पेरिटोनियल (मास रिपेयर) गरिएको हो। सन्दीपलाई विगत चार वर्षदेखि हर्नियाँको समस्या थियो। लामिछानेको शल्यक्रिया डा दीपक शर्मा नेतृत्वको टोलीले गरेको डा सिंहद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।

‘यस अस्पतालको शल्य चिकित्सा विभागद्वारा क्रिकेटर सन्दीप लामिछानेको सफलतापूर्वक शल्यक्रिया सम्पन्न भएको हो। उहाँको शल्यक्रिया शल्य चिकित्सक डा. दीपक शर्मा नेतृत्वको टिमद्वारा भएको हो,’ विज्ञप्तिमा भनिएको छ।

शल्यक्रिया केही समय पहिले नै गर्न चिकित्सकहरूले सुझाव दिएका थिए। तर, व्यस्तताका कारण उनले शल्यक्रियाका लागि समय निकाल्न सकिरहेका थिएनन्। शल्यक्रिया पछि अब सन्दीप केही दिन अस्पतालमै बस्नुपर्ने हुन्छ भने अबको दुई महिना खेल गुमाउनुपर्ने हुन्छ।

यो भन्दा पहिला गत वर्ष वैशाखमा पनि सन्दीप लामिछानेको शल्यक्रिया गरिएको थियो। त्यो बेला सन्दीपको छालाको शल्यक्रिया गरिएको थियो। उनको शरीरमा रहेका ६ वटा लाइपोमाहरुलाई सर्जरी गरेर निकालिएको थियो।

त्यसपछि साल २०८० कै फागुनमा सन्दीप लामिछानेले दोस्रो पटक लाइपोमा सर्जरी गरेका थिए ।

पहिलो पटक शल्यक्रिया गर्दा पूर्ण रूपमा उनको लाइपोमाको शल्यक्रिया भएको थिएन। जसका कारण साना छोडिएका गिर्खाहरू पुनः बढ्न थालेपछि फागुनमा दोस्रो पटक लाइपोमा सल्यक्रिया गरिएको थियो।

लाइपोमा शरीरको छालाभित्र र मासुभन्दा माथिको भागमा आउने गोलाकार वा अण्डाकार आकारको तन्तु हो।

बोसोले बनेको यो तन्तु शरीरका विभिन्न ठाउँमा त कहिले एकै भागमा मात्र पनि आउने सम्भावना हुन्छ। लाइपोमा खास गरी निधार घाँटी, ढाड, हात, पेट लगायत शरीरका विभिन्न भागमा देखिन्छ।

त्यो भन्दा अगाडी पनि सन् २०७६ मा पनि सन्दीप लामिछानेले आँखाको लेजर शल्यक्रिया गरेका थिए। सन्दीपले उक्त समय काठमाडौँ स्थित तिलगंगा आँखा अस्पतालमा शल्यक्रिया गरेका थिए।

भिजनमा सामान्य समस्याका आएका कारण चस्माको प्रयोग गर्नुपर्ने भएपछि त्यो बेला सन्दीपले आँखाको शल्यक्रिया गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना