2026-10-30 01:19 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बुधवार सन्दीपले गराए शल्यक्रिया, केही दिन अस्पतालमै बस्नुपर्ने

काठमाडौँ | पछिल्लो समय सन्दीप लामिछाने विभिन्न समस्याहरूबाट गुज्रिरहेका छन्। सन्दीपको जीवनमा एक समस्या समाधान भएको हुँदैन, अर्को समस्या उत्पन्न भइहाल्छ। नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य सन्दीप लामिछानेको शल्यक्रिया भएको छ। क्रिकेटर लामिछानेको बालाजुस्थित सिल्भरलाइन अस्पतालमा बुधवार शल्यक्रिया सम्पन्न भएको हो।

अस्पतालका प्रबन्धक डा. अभिषेकराज सिंहका अनुसार लामिछानेको राइट डाइरेक्ट इङ्गुइनल हर्नियाँको टोटल एक्स्ट्रा पेरिटोनियल (मास रिपेयर) गरिएको हो। सन्दीपलाई विगत चार वर्षदेखि हर्नियाँको समस्या थियो। लामिछानेको शल्यक्रिया डा दीपक शर्मा नेतृत्वको टोलीले गरेको डा सिंहद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।

‘यस अस्पतालको शल्य चिकित्सा विभागद्वारा क्रिकेटर सन्दीप लामिछानेको सफलतापूर्वक शल्यक्रिया सम्पन्न भएको हो। उहाँको शल्यक्रिया शल्य चिकित्सक डा. दीपक शर्मा नेतृत्वको टिमद्वारा भएको हो,’ विज्ञप्तिमा भनिएको छ।

शल्यक्रिया केही समय पहिले नै गर्न चिकित्सकहरूले सुझाव दिएका थिए। तर, व्यस्तताका कारण उनले शल्यक्रियाका लागि समय निकाल्न सकिरहेका थिएनन्। शल्यक्रिया पछि अब सन्दीप केही दिन अस्पतालमै बस्नुपर्ने हुन्छ भने अबको दुई महिना खेल गुमाउनुपर्ने हुन्छ।

यो भन्दा पहिला गत वर्ष वैशाखमा पनि सन्दीप लामिछानेको शल्यक्रिया गरिएको थियो। त्यो बेला सन्दीपको छालाको शल्यक्रिया गरिएको थियो। उनको शरीरमा रहेका ६ वटा लाइपोमाहरुलाई सर्जरी गरेर निकालिएको थियो।

त्यसपछि साल २०८० कै फागुनमा सन्दीप लामिछानेले दोस्रो पटक लाइपोमा सर्जरी गरेका थिए ।

पहिलो पटक शल्यक्रिया गर्दा पूर्ण रूपमा उनको लाइपोमाको शल्यक्रिया भएको थिएन। जसका कारण साना छोडिएका गिर्खाहरू पुनः बढ्न थालेपछि फागुनमा दोस्रो पटक लाइपोमा सल्यक्रिया गरिएको थियो।

लाइपोमा शरीरको छालाभित्र र मासुभन्दा माथिको भागमा आउने गोलाकार वा अण्डाकार आकारको तन्तु हो।

बोसोले बनेको यो तन्तु शरीरका विभिन्न ठाउँमा त कहिले एकै भागमा मात्र पनि आउने सम्भावना हुन्छ। लाइपोमा खास गरी निधार घाँटी, ढाड, हात, पेट लगायत शरीरका विभिन्न भागमा देखिन्छ।

त्यो भन्दा अगाडी पनि सन् २०७६ मा पनि सन्दीप लामिछानेले आँखाको लेजर शल्यक्रिया गरेका थिए। सन्दीपले उक्त समय काठमाडौँ स्थित तिलगंगा आँखा अस्पतालमा शल्यक्रिया गरेका थिए।

भिजनमा सामान्य समस्याका आएका कारण चस्माको प्रयोग गर्नुपर्ने भएपछि त्यो बेला सन्दीपले आँखाको शल्यक्रिया गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति अद्यावधिक गर्न निर्वाचन आयोग जाने तयारी मुग्लिन–नारायणगढ सडकमा अत्यावश्यकबाहेक यात्रा नगर्न आग्रह आज चार संसदीय समितिको बैठक बस्दै मोरङमा लागुऔषध कारोबारीमाथि प्रहरीले चलायो ८ राउन्ड गोली, दुई भारतीय नागरिक घाइते चक्रवात ‘अर्नब’को प्रभाव शनिबार अपराह्नपछि घट्ने, आज पनि वर्षा र हिमपातको सम्भावना सुनको मूल्य एकैदिन तोलामा ३ हजार २०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो प्रधानमन्त्री बालेनसँगको भेटपछि सभामुखलाई भेट्न पुगे रवि विद्यालयको पुस्तकालय अनुदान हिनामिना आरोपमा चार जनाविरुद्ध मुद्दा दायर गगन थापाको घोषणा: मंसिरभरि ‘कांग्रेस तयार छ’ अभियान चलाइने विश्वप्रकाश शर्माको सन्देश: कांग्रेसभन्दा पहिले देश हो भन्ने कुरा बुझ्नुपर्छ एनपीएल: टस जितेर कर्णालीले विराटनगरविरुद्ध पहिले बलिङ गर्ने सङ्घीय र प्रादेशिक विश्वविद्यालयका उपाधि समान हैसियतका: शिक्षामन्त्री पोखरेल एनपीएल: काठमाडौँ गोर्खाजमाथि जनकपुरको शानदार जित चक्रवात ‘अर्नब’को प्रभाव: मुख्य राजमार्गमा पहिरोको जोखिम, यात्रा गर्दा सतर्क रहन आग्रह कांग्रेसको नयाँ कार्यसमितिका पदाधिकारी र सदस्यले लिए शपथ सरकारी अनुदान मिलाइदिने भन्दै पाँच करोड ८० लाख ठगी गर्ने दुई पक्राउ बाल्टिनको पानीमा डुबेर डेढ वर्षीय बालकको मृत्यु एनपीएल: जनकपुरको घातक बलिङ, काठमाडौँ ११५ रनमै अलआउट जलवायु न्यायका लागि मन्त्री चौधरीको माग: ऋण होइन, अनुदान चाहिन्छ चक्रवात ‘अर्नब’ कमजोर, नेपालमा तीव्र हावाहुरीको जोखिम नरहेको मौसमविद्को भनाइ