टेक शाही/साउन २, डोल्पा । डोल्पाको मसिनेचौर बिमानस्थल सूचारु गरिदिन भन्दै नागारिक समाज डोल्पाद्धारा हेलो सरकारमा गुनासो पेश गरेको छ । प्रधानमन्त्री कार्याल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

टेक शाही/साउन २, डोल्पा । डोल्पाको मसिनेचौर बिमानस्थल सूचारु गरिदिन भन्दै नागारिक समाज डोल्पाद्धारा हेलो सरकारमा गुनासो पेश गरेको छ । प्रधानमन्त्री कार्याल"/>

८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बिमानस्थल सूचारु गरिदिन नागरिक समाजको प्रधानमन्त्रीलाई पत्र

२ श्रावण २०७४, सोमबार १४:०२


टेक शाही/साउन २, डोल्पा । डोल्पाको मसिनेचौर बिमानस्थल सूचारु गरिदिन भन्दै नागारिक समाज डोल्पाद्धारा हेलो सरकारमा गुनासो पेश गरेको छ । प्रधानमन्त्री कार्यालयलाइ तत्काल डोल्पालीको समास्या समाधान पहल गरिदिन भन्दै नगारिक समाज डोल्पाले लिखित गुनासो बुझाएको नागरिक समाज डोल्पाका अगुवा सुरेन्द्र ढकालले जानकारि दिनु भयो । 

गएको जेष्ट ३० गते जुफाल बिमानस्थल कालो पत्रे गर्ने भन्दै बन्द गरे पछि दुइ महिना बिति सक्दा पनि अन्य बिकल्प खोजिएको छैन । जिल्लामा २ वटा बिमानस्थल भए पनि मसिनेचौर बिमानस्थल सूचारु नगर्दा डोल्पाली जनता मर्कामा परेका छन । 

जुफाल बिमानस्थल बन्द गर्ने बेलमा जिल्ला प्रशासनले एक साता भित्र मसिनेचौर बिमानस्थल सञ्चालन गर्ने निर्णय गरेको भए पनि हाल सम्म सञ्चालन नगरे पछि सबै भन्दा धेरै बिरामी समस्यामा परेका छन । 

राष्ट्रिय राजमार्गले नछोएको डोल्पा बासिका लागि याताताको एक मात्र माध्यायम भनेको हवाई यातायात हो । नियमित उडान भर्ने जुफाल बिमानस्थल कालोपत्रेको लागि बन्द गरिएको छ । मसिनेचौर बिमानस्थल सूचारु नभए पछि डोल्पालीहरु यातायातको सेवाबाट बञ्चित भएका छन । पैदल मार्गको बाटो भेरि करिडोरोका सडक निमार्णले जोखिम पूर्ण रहेको छ । 

नेपाली सेनाले बिष्पोट गर्ने काम गरि रहेकोले पैदल मार्ग जोखिम रहेको र सर्वसाधारणको लागि पर्ने असर प्रति क्षमाप्रार्थि छौ भन्दै नेपाली सेनाले सार्वजानिक सुचना जारि गरेको छ । पैदलमार्ग जोखिम पूर्ण छ हवाइ मार्ग पूरै बन्द भएको छ हामी जस्ता फरक क्षमता भएका मान्छे बिरामी पर्दा कसरि जाने भन्दै मुकुटेश्वर अपाङ्ग सेवा समितिका अध्यक्ष चन्द्र बुढाले गनासो गरे । 

सडक सञ्जालले नछोएको जिल्ला डोल्पाका लागरिकलाइ यातायातको सेवा तथा अधिकारबाट बञ्चित गराएको नागरिक समाज डोल्पाको आरोप छ । बिगत केहि महिना देखि डोल्पाका बिरामी मृत्यू नै कुरेर बसेका छन । सल्यक्रिया गर्ने खालको अस्पतालको ब्यवस्था छैन कडाखाले बिरामी भएमा वा गर्भवति,बालबालिका,प्रौढ,अपाङ्गता भएका ब्यक्तिहरु र बृद्धबृद्धाले मृत्यू नै कुर्नु परेको स्थानियहरु बताछन ।

 नागरिकलाइ यसरि सेवाबाट बञ्चित गराउने कुन न्याय तथा कानुन हो भन्दै सोमबार नागरिक समाज डोल्पाले हेलो सरकार मार्फत प्राधानमन्त्रीको कार्यालयमा गुनासो दर्ता गराएको छ । 

जिल्लामा २ वटा बिमानस्थल हुदा पनि डोल्पाली जनताले हवाइ यातायातको सुबिधाबाट बञ्चित हुनु परेको छ । जुफला बिमानस्थल कालोपत्रे भइ रहेको र नागरिक उड्यन प्राधिकरणले नै मसिनेचौर बिमानस्थल सूचारु गर्न चासो नदिएको नागरिकको भनाइ छ । 

महगो हेलिकप्टर चढ्नको लागि डोल्पाली जनताले नसक्ने भएकोले तत्काल जुफाल बिमानस्थल कालोपत्रे सम्पन्न गराउनु पर्ने र मसिनेचौर बिमानस्थल सुचारु गर्नु पर्ने डोल्पाली जनताको माग रहेको छ । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता