७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यू-१९ महिला विश्वकप : सर्वाधिक विकेट लिने बलरको सूचीमा पहिलो स्थानमा उक्लिइन् पूजा

११ माघ २०८१, शुक्रबार १४:२४

काठमाडौँ | मलेसियामा जारी यू-१९ महिला विश्वकपमा नेपालकी कप्तान पूजा महतो हालसम्म सर्वाधिक विकेट लिने बलर बनेकी छन् ।

आज आयोजक मलेसियासँगको खेलमा उनले आफ्नो खातामा चार विकेट थपिन् ।

प्रतियोगितामा पूजाले अहिलेसम्म ९ विकेट लिएकी छन् । आजको खेलअघि पूजा ५ विकेट लिएर सर्वाधिक विकेट लिनेको सूचीमा १६ औं स्थानमा थिइन् । आज चार विकेट थपेसँगै उनले छलाङ मारेर पहिलो स्थानमा उक्लिएकी हुन् । पूजाले बंगलादेश र स्कटल्यान्डविरुद्ध १–१ विकेट र अस्ट्रेलियाविरुद्ध ३ विकेट लिएकी थिइन् ।

यसअघि पहिलो स्थानमा श्रीलंकाकी चामुदी प्रबोदा थिइन् । उनले ३ खेलमा सात विकेट लिएकी छन् ।

यस्तै स्कटल्यान्डकी मैसी मसेरियाले पनि समान सात विकेट लिँदै दोस्रो स्थानमा छिन् । प्रतियोगितामा ६ जना बलरले समान ६ विकेट लिएका छन् ।

नेपाल प्रतियोगिताबाट बाहिरिइसकेको छ । त्यसैले पूजाको खातामा अरु विकेट थपिने छैन । उनलाई अन्य बलरहरुले उछिन्न सक्छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी