काठमाडौँ | बाराको गढीमाई मन्दिर तोडफोड गरेको आरोपमा तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा रौतहटको बृन्दावन नगरपालिका–२ बस्ने २३ बर्षका एजाज अंसारी, बाराको महागढीमाई नगरपालिका–१ बस्ने १९ बर्षका अरमान अंसारी र सोही स्थानका ३६ बर्षका विधा सागर पटेल छन्।
माघ १ गते महागढीमाई नगरपालिका–१ स्थित गढीमाई मन्दिरमा पञ्चवर्षीय मेला चलिरहेको अवस्थामा दर्शनार्थीले चढाउन ल्याएका परेवा लुटने, मन्दिरको घण्टी, पंखा, त्रिशूल, सिसी। क्यामेरा, दानपेटिका र मन्दिरको बिवाह मण्डपमा समेत तोडफोड भएको थियोे।
उक्त घटनामा संलग्न भएको आरोपमा सिसिटिभी फूटेजको आधारमा तीनै जनालाई पक्राउ गरिएको बाराका प्रहरी प्रबक्ता डिएसपी प्रकाश सापकोटाले जानकारी दिए।