२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नयाँ जनशक्ति पदपूर्तिका लागि विनियमावली परिमार्जन गर्न निर्देशन

२०७४, ३ श्रावण मंगलवार ०९:४०

साउन ३, काठमाडौं । लोकसेवा आयोगले संगठित संस्था (सार्वजनिक संस्था र सुरक्षा निकाय) लाई आफ्ना विनियमावलीमा पदपूर्तिसम्बन्धी व्यवस्था परिमार्जन गर्न निर्देशन दिएको छ ।

आयोगले ती संस्थाको नयाँ जनशक्ति परिपूर्ति गर्नका लागि आयोगले तोकेको मापदण्डमा विनियमावली परिमार्जन गर्न निर्देशन दिएको आयोगका सहप्रवक्ता देवीप्रसाद सुवेदीले जानकारी दिए । 

उनले ती संस्थाको विनियमावलीमा रहेका पदपूर्तिका लागि बनेका व्यवस्था भएकाले त्यसलाई परिमार्जन गर्नका लागि नयाँ मापदण्ड ल्याइएको बताए ।

आयोगले दुई महिनाभित्र पदपूर्तिसम्बन्धी बनेका पुराना मापदण्डलाई परिमार्जन गरी आयोगले बनाएका नयाँ मापदण्ड अपनाउन निर्देशन दिएको हो । “ती संस्थामा रहेका पदपूर्तिसम्बन्धी पुराना व्यवस्थाले नयाँ जनशक्ति पूर्ति गर्न सकिँदैन” उनले भने, “त्यसैले ती व्यवस्थालाई परिमार्जन गरी आयोगले बनाएको मापदण्डका आधारमा अब नयाँ जनशक्ति परिपूर्ति गर्नुपर्दछ ।”

आयोगले तोकेको मापदण्डका आधारमा मात्र अब संगठित संस्थाले नयाँ जनशक्ति परिपूर्ति गर्नुपर्ने हुन्छ । आयोगले ती संस्थाको लिखित परीक्षा सञ्चालन गर्ने छ । अन्तर्वार्ता भने आयोगको उपस्थितिमा सम्बन्धित संस्थाले गर्ने व्यवस्था गरिएको छ ।

आयोगले सीमित प्रतियोगिता गर्न नपाइने, करारबाट सीधै स्थायी गर्न नपाइने, नयाँ जनशक्ति पदपूर्तिका लागि प्रक्रियामार्फत गर्नुपर्नेजस्ता नयाँ मापदण्ड तोकेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह