८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ताप्लेजुङ्ग - TPL

पाथीभरा झडप : तीन घाइतेलाई थप उपचारका लागि काठमाडौँ ल्याउने तयारी

१३ माघ २०८१, आईतवार १२:२१

काठमाडौँ | पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोध गरिरहेको समूह र सुरक्षाकर्मीबीच भएको झडपका क्रममा घाइते भएका तीन जनालाई थप उपचारका लागि काठमाडौँ ल्याइने भएको छ।

केबलकार निर्माणको विरोध गरिरहेको समूहका घाइतेलाई हेलिकोप्टरमार्फत काठमाडौँको बिएण्डबि हस्पिटल ल्याइने भएको हो । घाइतेको अहिले विराटनगरस्थित नोवेल अस्पतालमा उपचार भइरहेको छ।

ताप्लेजुङका प्रहरी प्रमुख (डिएसपी) रवि रावलले विराटनगरबाट हेलिकोप्टरमार्फत काठमाडौँ लैजाने गृहकार्य भइरहेको जानकारी आफूलाई प्राप्त भएको बताए। ‘यहाँबाट सिडिओ साबले समेत समन्वय गरिरहनु भएको छ, विराटनगरबाटै प्रशासनिक समन्वय हुन्छ,’ रावलले भने।

घाइते याम लिम्बू, सगुन लावती र धर्मान पालुङ्वालाई काठमाडौँ लैजाने तयारी रहेको छ। पाथीभरा क्षेत्रको बलुडाँडामा शनिबार अपरान्ह र साँझ गरी केबलकार निर्माणको विरोध गरिरहेको समूह र सुरक्षाकर्मीबीच झडप भएको थियो। सो क्रममा गम्भीर भएका तीन जनालाई थप उपचारका लागि शनिबार राति नै विराटनगरतर्फ पठाइएको थियो।

सुरक्षाकर्मीले चलाएको गोली लागि ‘नो केबलकार पक्षधर’ गम्भीर घाइते भएको मुक्कुमलुङ संघर्ष समितिका संयोजक श्री लिङखिमले बताए। जिल्ला प्रहरी प्रमुख रावलले झडपका क्रममा घाइते नेपाल प्रहरीका ३ र सशस्त्र प्रहरीका ४ गरी ७ जना सुरक्षाकर्मीको ताप्लेजुङ जिल्ला अस्पतालमा उपचार भइरहेको जानकारी दिए।

झडपका क्रममा दुवै पक्षका गरी करिब २५ जना घाइते भएको जिल्लास्थित सुरक्षा स्रोतले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता