७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आफ्ना चालकले महिला यात्रुमाथि गरेको दुर्व्यवहारको घटना बाहिरिएपछि बोल्यो इनड्राइभ

१३ माघ २०८१, आईतवार १३:१४

काठमाडौँ | राइड शेयरिङ एप इनड्राइभ कम्पनीले हालै एक नेपाली महिला यात्रुमाथि भएको दुर्व्यवहारको निन्दा गरेको छ । कम्पनीले आफ्ना सेवाग्राहीहरूमाथि गरिने कुनै पनि आपत्तिजनक वा गैरकानूनी कार्य, दुर्व्यवहारपूर्ण वा गैरकानूनी कार्य तथा आचरणको निन्दा गरेको हो ।

उक्त कार्यप्रति इस्ट्रिक जेरो टोलरेन्स नीति रहेको बताउँदै कम्पनीका एसिया प्यासेफिक रिजनका रिजनल डाइरेक्टर मार्क टलीले भने “इनड्राइभले आफ्ना सेवाग्राहीहरूमाथि गरिने कुनै पनि आपत्तिजनक वा गैरकानूनी कार्य, दूव्र्यवहारपूर्ण वा गैरकानूनी कार्य तथा आचरणलाई कडा रूपमा अस्वीकार गर्दछ साथै यस्ता कार्यप्रति इस्ट्रिक जेरो टोलरेन्स नीति कायम राख्छ र यस्तो व्यवहारको कडा निन्दा गर्दछ।”

नेपालमा हालै इनड्राइभका एक चालकले एक महिला यात्रुलाई दुर्व्यवहारपूर्ण कार्य गरी पक्राउ परेपछि इनड्राइभका तर्फबाट यस्तो भनाइ आएको हो ।

साथै कम्पनीले सेवाग्राहीको सुरक्षा र सन्तुष्टि आफ्नो उच्च प्राथमिकतामा रहेको बताउँदै दुर्व्यवहारमा परेकी महिलाको न्यायका लागि सम्बन्धित निकायसँग सहकार्य र सम्बन्धित अधिकारीहरूलाई सहयोग गरिरहेको जनाएको छ ।

उनले भने, “हामीले हाम्रा सेवाग्राहीको सुरक्षा र सन्तुष्टि, विशेषगरी महिलाहरूको सुरक्षा र उनीहरूको अनुभवलाई सधैँ उच्च प्राथमिकतामा राख्दै आएका छौँ । हालै हामी हाम्रा सेवाग्राहीले भोग्नुपरेको दुःखद् घटनाप्रति खेद व्यक्त गर्दछौँ र क्षमाप्रार्थी छौँ ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी