२५ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अछामको किशोरी मृत्यु प्रकरण: ढकारी गाउँपालिकाकाकै दुई किशोर पक्राउ

१४ माघ २०८१, सोमबार १२:४१

अछाम | अछामको किशोरी मृत्यु प्रकरणमा प्रहरीले २ जनालाई सोधपुछका लागि नियन्त्रणमा लिएको छ । आइतबार साँझ जिल्लाको ढकारी गाउँपालिकाबाट उनीहरुलाई पक्राउ गरिएको छ ।

पक्राउ पर्ने दुवै जना २० वर्षभन्दा कम उमेरका छन् । स्रोतका अनुसार उनीहरू ती किशोरीसँग सम्पर्क रहने गरेको र घटनाका बेला जंगलमै देखिएको पाइएको छ। उनीहरू पनि ढकारी गाउँपालिकाकाकै हुन्। जिल्लाको ढकारी गाउँपालिका ८ कि १५ वर्षिया सरस्वती खड्का र १४ वर्षकी इशरा खड्काको ढकारी गाउँपालिकाकै वडा नम्बर १ स्थित सुनघर सामुदायिक बनमा शनिवार बेलुकी शव फेला परेको थियो ।

शुक्रवार बिहान घरबाट बाख्रा चराउन गएका उनिहरू त्यही दिनबाट सम्पर्कविहीन भएका थिए। शनिवार शङ्कास्पद अवस्थामा शव फेला परेसँगै आफन्तले हत्याको आशङ्का गरेका छन् । परिवारका सदस्यहरूले हत्या भएको भन्दै छानबिनको लागि स्थानीय प्रशासनसँग माग गरेको छन् । शव क्षतविक्षत अवस्थामा अलग अलग ठाउँमा फेला परेका छन् । मृतक दुवै जना एउटै परिवारको हुन । मृतकमध्य सरस्वती फुपू र ईशरा भदैनी नाता पर्छन् ।

शङ्कास्पद व्यक्तिका बारेमा परिवारका सदस्यले दिएको जानकारीका आधारमा प्रहरीले दुई जनालाई पक्राउ गरेको जनाएको छ । परिवारका सदस्यहरूले दुवै जनाको हत्या भएको भन्दै छानबिनको माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युक्रेनमा नयाँ ‘ओरेसनिक’ ब्यालेस्टिक मिसाइल प्रयोग गरेको रुसको दाबी जनसङ्ठनहरुलाई निर्वाचन केन्द्रित हुन एमाले महासचिवको निर्देशन अलेप्पोमा झडपपछि सिरियाद्वारा युद्धविराम घोषणा ‘बालेन र रविको सहयात्रा अदृश्य शक्तिले जोडेको होइन’ आदिवासी जनजातिका लागि निःशुल्क लोकसेवा कक्षा सञ्चालन देशको अर्थतन्त्र नसुध्रिएसम्म शिक्षामन्त्री पुन विदेश भ्रमणमा जान अनिच्छुक नेपालमा पहिलो मत्स्य अभयारण्य क्षेत्र घोषणा सुनको मूल्य बढ्यो, चाँदीको घट्यो वर्तमान सरकारमा बस्नेलाई कुनै दलप्रति ढल्कने छुट छैनः गृहमन्त्री बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी ग्रिनल्यान्डबारे रुबियो–डेनमार्क वार्ता तय घिसिङसँगको सहमति औपचारिक प्रक्रियामाः सभापति लामिछाने यमन नेता तस्करीको आरोपले साउदी–युएई तनाव राष्ट्रपतिसँग बिदाइ भेट ‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो : अभिनेता सौगात मल्ल संविधानको रक्षाका लागि निर्वाचन अनिवार्य शर्त होः गृहमन्त्री काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवार सिफारिस पेट्रो–ट्रम्प टकरावले कोलम्बिया कूटनीतिक दोधारमा श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय आगामी प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने