२५ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अछाममा फुपू-भदैनी मृत्यु प्रकरण: घटनास्थलमा किशोरीहरूले प्रयोग गर्ने मोबाइल फेला, ७ जनाविरुद्ध जाहेरी

१५ माघ २०८१, मंगलवार १४:३२

अछाम | अछामको ढकारी गाउँपालिका-८ पलसाटाका १४ वर्षीया ईश्वरी खड्का र १४ वर्षीया सरस्वती खड्का विद्यालयदेखि मेलापातसम्म सँगसँगै हुन्थे। शुक्रबार (माघ ११ गते) दुवै जना विद्यालय गएनन्। विद्यालयमा खेलकुद चलिरहेकाले नियमित पठनपाठन थिएन। खेलकुदमा भाग नलिएका उनीहरू घरमै थिए। ईश्वरी र सरस्वती कमलबजार नगरपालिका-१० को विद्या प्रबोधनी माध्यमिक विद्यालयमा कक्षा ८ मा पढ्थे।

विद्यालय नगएका बेला उनीहरू घरका सदस्यलाई मेलापात, गोठालो गएर सघाउँथे। घरबाट केही तल रिमा भन्न ठाउँमा गोठ छ। ईश्वरी र सरस्वती खाना खाएर शुक्रबार बिहान त्यहीँबाट बाख्रा चराउन निस्किएका थिए। सोडसा सामुदायिक वनको छिन्ने भीरतिर चराउन लगिएका बाख्रा बेलुका आफैँ गोठमा फर्के। तर गोठाला गएका ईश्वरी र सरस्वती फर्केनन्।

‘गोठालाबिनै फर्केका बाख्राले छिमेकीको बालीनाली खाए। साथमा कोही नदेखेपछि छिमेकीले बाख्रालाई बाटोतिरै भगाए। मृतकका आफन्त देवेन्द्र बहादुर खड्का भन्छन्, ‘बेलुकासम्म पनि नातिनी (ईश्वरी) र भतिजी (सरस्वती) फर्केनन्।’

उनका अनुसार परिवारले उनीहरूले बोक्ने मोबाइलमा सम्पर्क गरे। एउटाको मोबाइलमा घण्टी लाग्यो। तर उठेन। अर्को मोबाइल भने स्विचअफ थियो। यसपछि गाउँमा दुवै बिहे गरेर भागेको हल्ला फैलियो। शनिबार परिवारका सदस्य उनीहरूको खोजीमा वरपरका गाउँ गए। कोही प्रहरीमा उजुरी दिने तयारीमा लागे।

यसैबीच शनिबार दिउँसो माछा मार्न गएका स्थानीयले ढकारी गाउँपालिका-१ छिन्ने भीरमा शव देखे। गाउँले पुगेर हेर्दा त्यो शव ईश्वरीको थियो। दाइ कृष्णले बहिनी ईश्वरीलाई चिने। अलि माथि सरस्वतीको पनि शव भेटियो। भीरको तल भेटिएका दुवैका अनुहार क्षतविक्षत थिए। शरीरमा निलडाम र घाउ। मृतकका आफन्त देवेन्द्र खड्काका अनुसार नजिकै ढुंगा पनि रगतले लतपतिएको थियो।

ईश्वरी र सरस्वती नातामा फुपू-भदैनी पर्छन्। ईश्वरीका बाजे अबी र सरस्वतीका बुवा उदय दाजुभाइ हुन्। ईश्वरीका बुवा कमल र सरस्वतीका बुवा उदय भारतमा काम गर्छन्। एकै परिवारका दुई किशोरीको रहस्यमय मृत्युले परिवार विक्षिप्त छ। पीडित परिवारले ढकारी गाउँपालिका १ र ३ का शंकास्पद ७ जनाको नाम उल्लेख गरेर अनुसन्धान गर्न माग गर्दै प्रहरीमा जाहेरी दिएको छ।

जिल्ला प्रहरी कार्यालय अछामले घटनाको सुक्ष्म अनुसन्धान सुरु गरेको छ। अनुसन्धानका क्रममा प्रहरीले शंकास्पद ढकारीकै दुई किशोरलाई नियन्त्रणमा लिएको छ। ती किशोरीसँग उनीहरूले भेटघाट गर्ने गरेको पाइएको छ। घटनाका दिन स्थानीयले घटनास्थलभन्दा माथि केही किशोरलाई देखेका पनि थिए।

घटनास्थलमा किशोरीहरूले प्रयोग गर्ने मोबाइल पनि भेटिएका छन्।  किशोरीले प्रयोग गर्ने मोबाइल खोतल्दै प्राविधिक पाटोको पनि विश्लेषण भइरहेको प्रहरीले जनाएको छ। दुवै किशोरीको शव भेरी प्रादेशिक अस्पतालमा पोस्टमार्टम गरिएको छ। तर रिपोर्ट आइनसकेको प्रहरीको भनाइ छ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युक्रेनमा नयाँ ‘ओरेसनिक’ ब्यालेस्टिक मिसाइल प्रयोग गरेको रुसको दाबी जनसङ्ठनहरुलाई निर्वाचन केन्द्रित हुन एमाले महासचिवको निर्देशन अलेप्पोमा झडपपछि सिरियाद्वारा युद्धविराम घोषणा ‘बालेन र रविको सहयात्रा अदृश्य शक्तिले जोडेको होइन’ आदिवासी जनजातिका लागि निःशुल्क लोकसेवा कक्षा सञ्चालन देशको अर्थतन्त्र नसुध्रिएसम्म शिक्षामन्त्री पुन विदेश भ्रमणमा जान अनिच्छुक नेपालमा पहिलो मत्स्य अभयारण्य क्षेत्र घोषणा सुनको मूल्य बढ्यो, चाँदीको घट्यो वर्तमान सरकारमा बस्नेलाई कुनै दलप्रति ढल्कने छुट छैनः गृहमन्त्री बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी ग्रिनल्यान्डबारे रुबियो–डेनमार्क वार्ता तय घिसिङसँगको सहमति औपचारिक प्रक्रियामाः सभापति लामिछाने यमन नेता तस्करीको आरोपले साउदी–युएई तनाव राष्ट्रपतिसँग बिदाइ भेट ‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो : अभिनेता सौगात मल्ल संविधानको रक्षाका लागि निर्वाचन अनिवार्य शर्त होः गृहमन्त्री काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवार सिफारिस पेट्रो–ट्रम्प टकरावले कोलम्बिया कूटनीतिक दोधारमा श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय आगामी प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने