७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

क्यानडा पठाइदिन्छु भन्दै अनलाइनमार्फत ६६ लाख ठगी, भारतीयसहित ५ जना पक्राउ

१५ माघ २०८१, मंगलवार १७:०६

मोरङ । वैदेशिक रोजगारीका लागि विदेश पठाइदिन्छु भन्दै ६६ लाख रुपैयाँभन्दा बढी ठगी गरेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको अररिया जिल्ला जोगवनी-३ का २३ वर्षीय केशव यादव, मोरङको कटहरी गाउँपालिका-३ बस्ने २२ वर्षीय रोहित कुमार पासवान, सोही ठाउँ बस्ने ३० वर्षीय बुद्धनारायण मलाह, विराटनगर महानगरपालिका-८ बस्ने २३ वर्षीय करण भन्ने अमित राय र पथरी शनिश्चरे नगरपालिका-५ बस्ने २५ वर्षीय बोधराज राजवंशी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेद प्रकाश जोशीका अनुसार उनीहरूले विराटनगर महानगरपालिका-११ बस्ने महेश कुमार चौधरी र उनको छोरा युपेश कुमार चौधरीलाई क्यानडा पठाइदिन्छु भन्दै ठगी गरेका हुन् । उनीहरूले विभिन्न मानिसहरूको बैंक खातामा पटक पटक गरी जम्मा ६६ लाख ६७ हजार रुपैयाँ ठगी गरेको जोशीको भनाई छ ।

पीडितले दिएको जाहेरीको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले गत माघ ८ गते उनीहरूलाई पक्राउ गरेको थियो । उनीहरूमाथि ठगी सम्बन्धित कसुरमा मुद्दा दर्ता गरी मोरङ जिल्ला अदालतबाट दिन ५ को म्याद थप भई अनुसन्धान कार्य जारी रहेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी