2026-10-02 12:07 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

क्यानडा पठाइदिन्छु भन्दै अनलाइनमार्फत ६६ लाख ठगी, भारतीयसहित ५ जना पक्राउ

मोरङ । वैदेशिक रोजगारीका लागि विदेश पठाइदिन्छु भन्दै ६६ लाख रुपैयाँभन्दा बढी ठगी गरेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको अररिया जिल्ला जोगवनी-३ का २३ वर्षीय केशव यादव, मोरङको कटहरी गाउँपालिका-३ बस्ने २२ वर्षीय रोहित कुमार पासवान, सोही ठाउँ बस्ने ३० वर्षीय बुद्धनारायण मलाह, विराटनगर महानगरपालिका-८ बस्ने २३ वर्षीय करण भन्ने अमित राय र पथरी शनिश्चरे नगरपालिका-५ बस्ने २५ वर्षीय बोधराज राजवंशी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेद प्रकाश जोशीका अनुसार उनीहरूले विराटनगर महानगरपालिका-११ बस्ने महेश कुमार चौधरी र उनको छोरा युपेश कुमार चौधरीलाई क्यानडा पठाइदिन्छु भन्दै ठगी गरेका हुन् । उनीहरूले विभिन्न मानिसहरूको बैंक खातामा पटक पटक गरी जम्मा ६६ लाख ६७ हजार रुपैयाँ ठगी गरेको जोशीको भनाई छ ।

पीडितले दिएको जाहेरीको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले गत माघ ८ गते उनीहरूलाई पक्राउ गरेको थियो । उनीहरूमाथि ठगी सम्बन्धित कसुरमा मुद्दा दर्ता गरी मोरङ जिल्ला अदालतबाट दिन ५ को म्याद थप भई अनुसन्धान कार्य जारी रहेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इतर समूहको वडा अधिवेशनबाट देउवा क्षेत्रीय प्रतिनिधिमा चयन प्रतिनिधिसभा बैठक सुरु सुनचाँदीको मूल्य बढ्यो गगन थापा सर्वसम्मत सभापति बन्न सक्छन् : देवराज चालिसे दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने काठमाडौँमा १० दिन विद्युत् कटौती, यी क्षेत्रमा प्रभावित हुनेछ सेवा आर्थिक क्षेत्रका तीन विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो हिम्लुङ हिमपहिरोमा थप चार शव फेला, मृत्यु हुनेको संख्या ११ पुग्यो थापाथलीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, तीन घाइते बहुविवाह र विदेशी पीआर लिने व्यक्ति निजामती सेवामा प्रवेश गर्न नपाउने रोनाल्डोले पोर्चुगलको राष्ट्रिय टोलीको क्याम्प छाडे जबराको गिरफ्तारीबारे सरकारलाई सदनमा जवाफदेही बनाउन झाँक्रीको माग सरकारको ६ महिने कार्यकाल उत्साहजनक भएन : आङ्देम्बे प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अर्न्स्टको शिष्टाचार भेटवार्ता शिक्षा नेपालमा, रोजगारी विदेशमा हुने अवस्था अन्त्य गर्नुपर्छ : सांसद न्यौपाने फ्लाईदुबई घटनामा क्याप्टेन मच्छरको साहसको ट्रम्पद्वारा प्रशंसा फ्लाईदुबई विमानमा ककपिटमै हमला, १०० भन्दा बढी यात्रुको ज्यान जोगियो शुक्रबारदेखि संघीय संसद्को अधिवेशन अन्त्य हुने केएलसिसि टावरमा सुरक्षा दिने श्रमिकहरुको गुनाशो- ‘दुतावास आए तर मालिकका मान्छेसंगै आए’