१ फाल्गुन २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

खोटाङबाट बिरामी लिएर काठमाडौं जाँदै गरेको सुमो दुर्घटना, एकै परिवारका तीन जनाको मृत्यु

१७ माघ २०८१, बिहीबार १२:०७

खोटाङ | मानेभञ्ज्याङ गाउँपालिका अन्तर्गत भँडारे खोलामा सुमो दुर्घना हुँदा तीजनाको घटनास्थलमै मृत्यु भएको छ । खोटाङबाट बिरामी लिएर काठमाडौं जाँदै गरेको सुमो बिहीबार बिहान ६:३० बजेको समयमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो ।

दुर्घटनामा ५६ वर्षीया माया देवी गुरुङ, उनका छोरा २८ वर्षीय पुजन गुरुङ र उनकी बहिनी ४५ वर्षीया तारा गुरुङको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय ओखलढुंगाले जानकारी दिएको छ ।

ना १ ज ६४२१ नम्बरको सुमो खोटाङ जिल्लाको केपीलासगढी गाउँपालिकाबाट उपचारको लागि बिरामी लिएर काठमाडौं जाँदा दुर्घटना भएको हो । राती नै दुर्घटना भएको हुन सक्ने स्थानीयबासीले जनाएका छन् । बिहान करिब ६:३० बजेको समयमा सुमो दुर्घटना भएको अवस्थामा स्थानीयले भेटेर प्रहरीलाई जानकारी दिएका थिए । चालक सुनसरी जिल्लाको इनरुवा निवासी वर्ष २२ का अनिल पण्डित फरार छन् ।

बिरामी माया गुरुङलाई उपचारका लागि छोरा र बहिनीले काठमाडौं लिएर हिँडेका थिए । दुर्घटनाबाट तीनैजनाको घट्नास्थलमै मृत्यु भएको छ । सुमोमा चालकसहित ४ जना मात्रै सवार थिए । घटनाको बारेमा थप विवरण आउन बाँकी छ । थप खोजी र अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रममन्त्री भण्डारीलाई ठाकुरको निर्देशन : राजीनामाका लागि तयार रहनुस् अमेरिका पठाइदिन्छु भन्दै २१ लाख ठगी, दुई आरोपी पक्राउ रजत पाटीदार बने आरसिबीको कप्तान नक्कली भुटानी शरणार्थी प्रकरण : थुनामा रहेका निलम्बित सचिव टेकनारायणको रिहाइ चिकित्सकको हातमा कक्षा १२ को बार्षिक परीक्षा तालिका सार्वजनिक, परीक्षा वैशाख ११ देखि (तालिकासहित) अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपका लागि एन्जिलाको कप्तानीमा २३ खेलाडी छनोट नेपाल समाजवादी (नयाँ शक्ति)को अध्यक्षमा बाबुराम भट्टराई निर्वाचित ललिता निवास प्रकरण : माधव र बाबुरामविरुद्धको सुनुवाइ सकियो, आजै आदेश आउने सम्भावना ट्रम्प र पुटिन साउदी अरेबियामा भेट्ने, युक्रेनको विषयमा निर्णय लिने एलिनाले ठग आरोप लगाएकी बराइलीको जालसाजी: राजबल्लभले खुलाए फोनको रहस्य के अमेरिकाले डिभी ‘लट्री’ कार्यक्रम बन्द गर्न लागेको हो? विद्यार्थीको गालामा तातो पन्यु डामेको आरोपमा एक शिक्षिका पक्राउ सर्वोच्चले फेरि भन्यो : ‘जनयुद्ध दिवसमा बिदा नदिनू’ बिहेको १२ घण्टामै दुलाहाको मृत्यु, आफन्तका लागि मिठाई किन्न गएका सतीश दुर्घटनामा अस्ताए आज फेरी सुनको मूल्यमा उच्च वृद्धि, कतिमा भइरहेछ कारोबार ? सामुदायिक वनमा आगो लगाएको आरोपमा दुई युवा पक्राउ मलेसियाबाट छोरीको शव ल्याउन भौँतारिरहेकी ७० वर्षीया आमा व्यवस्था बदलिए पनि जनताको अवस्था बदल्न सकेका छैनौँ :अध्यक्ष प्रचण्ड आज विश्व रेडियो दिवस, विविध चेतनामूलक कार्यक्रम गरी मनाइँदै आज दुईवटा संसदीय समितिको बैठक बस्दै