७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हमासको कब्जामा रहेका विपिन जोशी जीवित रहेको पुष्टि, आज रिहा हुने सूचीमा परेनन्

१७ माघ २०८१, बिहीबार १३:१२

काठमाडौँ | हमासको कब्जामा रहेका नेपाली नागरिक विपिन जोशी जीवित रहेका टाइम्स अफ इजरायलको एक समाचारले पुष्टि गरेको छ।
टाइम्स अफ इजरायलका अनुसार, आज रिहा हुनेमा २९ वर्षीय अर्बेल येहुद, १९ वर्षीय अगम बर्गर, र ८० वर्षीय गाडी मोशे मोजेस रहेका छन्। हमासले इजिप्ट र कतारमार्फत इजरायललाई यी नाम दिएको हो। आज पाँच थाइ बन्धकहरूलाई पनि हमासले रिहा गर्नेछ, तर उनीहरूको पहिचान खुलाइएको छैन।

द टाइम्स अफ इजरायलका अनुसार, गाजामा अझै आठ थाइ बन्धकहरू, एक नेपाली, र एक तान्जानियन रहेका छन्। तर, दुई थाइ नागरिक र एक तान्जानियालीको भने मृत्यु भइसकेको छ।

विपिन जीवित छैनन् कि भन्ने आशंकाका माझ हमासले रिहा गर्न लागेकाहरूको सूचीमा एक नेपाली पनि उल्लेख गरिएकाले उनी जीवित रहेको प्रमाणित भएको हो। तर बिहीबार (आज) छुट्ने बन्धकहरूको नाममा भने विपिनको नाम उल्लेख गरिएको छैन।

विपिन जोशीलाई सन् २०२२ को अक्टोबर ७ मा हमासले इजरेलमा गरेको आक्रमणका क्रममा गाजा नजिकैको इजरेली सहर किबुत्ज अलुमिमबाट अपहरण गरेको थियो।

गत वर्ष १९ जनवरीमा सुरु भएको युद्धविराम र बन्धक रिहाइ सम्झौता अन्तर्गत हालसम्म सात महिला बन्धकहरू (तीन नागरिक र चार जना सैनिकहरू) रिहा भएका छन्। मोजेस यस सम्झौता अन्तर्गत मुक्त हुने पहिलो पुरुष बन्धक हुनेछन। आज रिहा हुने तीन बन्धकको बदलामा, इजरायलले ११० प्यालेस्टिनीलाई रिहा गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी