२५ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अछाममा फुपू-भदैनी मृत्यु प्रकरण: यस्तो छ घटनाको विवरण र अहिलेसम्मको नतिजा

१७ माघ २०८१, बिहीबार १३:३९

अछाम | अछामको ढकारी गाउँपालिका–८, पल्साँताका १४ वर्षीय इशरा खड्का र १५ वर्षीय सरस्वती खड्काको शंकास्पद मृत्यु प्रकरणमा प्रहरीले हत्या नै भएको निष्कर्ष निकालेको छ ।

प्रहरीका अनुसार विभिन्न कोणबाट अनुसन्धान भइरहेको छ । अनुसन्धानका लागि काठमाडौँबाट प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली पनि बुधबार अछाम पुगेको छ । उक्त टोली घटनास्थलमा गइसकेको अछामका प्रहरी प्रमुख डीएसपी ईश्वरी प्रसाद भण्डारीले जानकारी दिए ।

अनुसन्धानका लागि सुदुरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी गणेश चन्द लगायतको विशेषज्ञ टोली मंगलबार साँझनै अछाम पुगेको थियो । चन्दले जिल्ला सदरमुकाममा बसेर अनुसन्धानलाई सघाइरहेका छन् भने उक्त टोलीमा रहेको विशेषज्ञ अनुसन्धान टोली घटनास्थलमै पुगेर अनुसन्धान गरिरहेको छ ।

‘अनुसन्धान विभिन्न कोणबाट भइरहेको छ,’ भण्डारीले भने, ‘काठमाडौँको टोली पनि घटनास्थलतर्फ गइसकेको छ । केही दिनमा निष्कर्ष आउला ।’

घटनाको विवरण र अहिलेसम्मको नतिजा
मृतक दुई किशोरी एउटै परिवारका हुन् । ढकारी गाउँपालिका–८, का वडाध्यक्ष उद्धराज उपाध्यायले दिएको जानकारी अनुसार सरस्वती इशराकी फुपू नाता पर्छिन् ।

शुक्रबार बिहान ११ बजेतिर उनीहरू बाख्रा लिएर गाउँ नजिकैको सोरशा सामुदायिक वन सिम्लेओडारतर्फ गएका थिए । उक्त वन ढकारी गाउँपालिका–१, मा पर्छ । बिचमा रहेको खोलाले दुई वडाको सिमाना छुट्याउँछ । घटनास्थल र किशोरीको गाउँ खासै टाढा छैन ।

नाताले फुपु–भतिजी परे पनि साथीजस्ता थिए, उनीहरू । कमलबजार नगरपालिका–१० घोडासैनस्थित विद्या प्रवर्दनी माविमा दुवै कक्षा ८ मा अध्ययनरत थिए । स्कुलमा राष्ट्रपति रनिङ सिल्डअन्तर्गत कार्यक्रम चलिरहेकाले उनीहरू त्यो दिन घरमा परिवारलाई सघाउने र शनिबार खेल हेर्न जाने योजनामा थिए ।

यद्यपि उनीहरूको योजना भने सधैँका लागि असफल बन्यो । गोठाला गएका उनीहरू सधैँका लागि अस्ताए । बेलुका अवेरसम्म फर्किएनन्, बाख्रा भने फर्किए । उनीहरू घर नआएपछि परिवारले सोधीखोजी गर्न थाले ।

शनिबार बेलुका ६ बजेतिर दवै किशोरी जंगलमा मृत अवस्थामा भेटिए । प्रहरीका अनुसार दुई किशोरीको शव १५ मिटरकै दूरीमा थिए । शव स्थानीयले देखेर प्रहरीलाई खबर गरेका थिए । घटनाको प्रकृति हेर्दा हत्या नै भएको प्रहरीको निचोड छ ।

घटनास्थलसम्म पुगेका वडाध्यक्ष उपाध्यायका अनुसार दुवै किशोरीको शरीरमा ढुंगाले हानेको चोटहरू छन् । अनुहारमा पनि पुरै चोटैचोट मात्र देखिन्थे,’ उनले भने, ‘हत्या नै भएको हो । बाँकी त अनुसन्धानबाट आऊला ।’

अनुसन्धानका लागि प्रहरीले शंकास्पद व्यक्तिहरूलाई नियन्त्रणमा लिँदै सोधपुछ गरिरहेको छ । किशोरीका परिवारले मंगलबार दुई जनाविरुद्ध किटानी जाहेरी दर्ता गराएका छन् । सरस्वतीका ठूलोबुवा तथा इशराका हजुरबुबा अबि खड्काले सोही गाउँपालिका–३, का १७ र १५ वर्षीय किशोर विरुद्ध किटानी जाहेर दिएका हुन् ।

प्रहरीले ती दुई किशोरलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ । ‘मृतक एक किशोरीसँग उनीहरूको नियमित फोन सम्पर्क भइरहेकाले उनीहरूमाथि शंका गरिएको हो,’ प्रहरी स्रोतले भन्यो, ‘प्रेम सम्बन्ध भन्दापनि इष्टमित्र (विवाह चल्ने) भएकाले केटाहरूले विवाहका लागि एक किशोरीसँग जबर्जस्ती गरेको तर उनले नमानेपछि हत्या गरेको हुनसक्ने सम्भावना देखिन्छ ।’

एउटाको हत्या पश्चात् अर्कोले भनिदिन्छे भन्ने डरले दुवैको हत्या गरेको हुनसक्ने आशंका प्रहरीको छ ।

स्थानीयहरूका अनुसार जाहेरी दिएका किशोरहरू मृतक किशोरीका परिवारका आफन्त (इष्टमित्र) हुन् । प्रारम्भीक अनुसन्धानबाट हत्याको पुर्व योजना नभई विवाह प्रस्ताव अस्वीकार भएपछि घटेको देखिन्छ ।

साथै घटना भवितव्य भएको देखाउनलाई माथिबाट ढुंगाहरू खसालेको जस्तो देखिएको प्रहरी र स्थानीयको भनाइ छ । स्थानीयले सोही दिन ती किशोरहरू जंगलतर्फ गएको देखेका थिए भने फोन सम्पर्क पनि उनीहरूको भइरहेको देखिएकाले उनीहरूमाथि अनुसन्धान भइरहेको हो ।

साथै गाउँकै एक व्यक्तिले शुक्रबार दिउँसो ढुंगा खसाल्दै गरेको पनि देखेको थिए । अछामका प्रहरी प्रमुख ईश्वरी प्रसाद भण्डारी भन्छन्, ‘अनुसन्धान निकै प्रभावकारी रुपमा भइरहेको छ । हामी केही दिनमै औपचारिक रुपमा जानकारी गराउँछौँ ।’

दुई किशोरीहरूको शव पोस्टमार्टका लागि आइतबार नेपालगञ्ज पठाइएको थियो । उनीहरूको भेरी अस्पतालमा पोस्टमार्टम गरिएको छ भने रिपोर्ट आउन बाँकी छ । स्वाब सङ्कलन गरेर परीक्षणका लागि विधिविज्ञान प्रयोगशालामा पठाइएको छ ।

वडाध्यक्ष उद्धवराज उपाध्यायका अनुसार मंगलबार बेलुका ल्याएर मृतक किशोरीको बुधबार गाउँकै खोलामा दाहसंस्कार गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युक्रेनमा नयाँ ‘ओरेसनिक’ ब्यालेस्टिक मिसाइल प्रयोग गरेको रुसको दाबी जनसङ्ठनहरुलाई निर्वाचन केन्द्रित हुन एमाले महासचिवको निर्देशन अलेप्पोमा झडपपछि सिरियाद्वारा युद्धविराम घोषणा ‘बालेन र रविको सहयात्रा अदृश्य शक्तिले जोडेको होइन’ आदिवासी जनजातिका लागि निःशुल्क लोकसेवा कक्षा सञ्चालन देशको अर्थतन्त्र नसुध्रिएसम्म शिक्षामन्त्री पुन विदेश भ्रमणमा जान अनिच्छुक नेपालमा पहिलो मत्स्य अभयारण्य क्षेत्र घोषणा सुनको मूल्य बढ्यो, चाँदीको घट्यो वर्तमान सरकारमा बस्नेलाई कुनै दलप्रति ढल्कने छुट छैनः गृहमन्त्री बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी ग्रिनल्यान्डबारे रुबियो–डेनमार्क वार्ता तय घिसिङसँगको सहमति औपचारिक प्रक्रियामाः सभापति लामिछाने यमन नेता तस्करीको आरोपले साउदी–युएई तनाव राष्ट्रपतिसँग बिदाइ भेट ‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो : अभिनेता सौगात मल्ल संविधानको रक्षाका लागि निर्वाचन अनिवार्य शर्त होः गृहमन्त्री काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवार सिफारिस पेट्रो–ट्रम्प टकरावले कोलम्बिया कूटनीतिक दोधारमा श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय आगामी प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने