१३ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विपिनको रिहाइबारे इजरायली अधिकारीले नेपाली राजदूतलाई भने– तयारी अवस्थामा रहनू

१७ माघ २०८१, बिहीबार १६:४९

काठमाडौँ | इजरायली अधिकारीहरूले हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशी जुनसुकै बेला रिहा हुन सक्ने भएकाले तयारी हालतमा रहन खबर पठाएका छन् । तर, उनको रिहाइ कहिले हुने भन्नेबारेमा नयाँ जानकारी भने प्राप्त हुन नसकेको इजरायलस्थित नेपाली राजदूत धनप्रसाद पण्डितले बताएका छन् ।

‘विपिन जोशी जुनसुकै बेला छुट्न सक्ने भएकाले तयारी अवस्थामा रहनू भन्ने खबर आएको छ । त्यसबाहेक नयाँ कुरा केही भनिएको छैन,’ राजदूत पण्डितले भने ।

राजदूत पण्डितका अनुसार बुधबार राति उनले इजरायली अधिकारीहरूसँग जोशीको अवस्थाबारे बुझ्ने कोसिस गरेका थिए । त्यस क्रममा इजरायली अधिकारीहरूले बिहीबार तीन इजरायली र पाँच थाई नागरिक छुट्न सक्ने जानकारी दिएको उनले बताए ।

‘त्यसो भयो भने एक थाई र हाम्रा विपिन जोशी गरी दुई जना विदेशी नागरिक बन्धक बाँकी रहने अवस्था हुन्छ । आज विपिन जोशी छुटेनन् भने शनिबार हुने अर्को आदानप्रदानमा उनी छुट्छन् भन्ने आशा छ, बन्दी आदानप्रदानको सूचीमा नपर्ने भएकाले ‘विदेशी कुनै पनि बेला छुट्न सक्छन्। छुटे भने तपाईँलाई पहिलो जानकारी गराउँछौँ’ भनेर अधिकारीहरूले मलाई भनेका छन्’, पण्डितले बिहीबार दिउँसो बीबीसीसँग भनेका छन् ।

‘बुधबार राति पनि मैले यहाँका प्रधानमन्त्रीज्यूको बन्दीहरूसम्बन्धी हेर्ने अधिकारीलाई सम्पर्क गरेको थिएँ । उहाँले अहिलेसम्म हामीसँग कुनै पनि अपडेट छैन भन्नुभयो । त्यसैले विपिन कहिले छुट्छन् भन्ने आधिकारिक जानकारी अहिले मसँग छैन,’ पण्डितले अगाडि भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आइतबार एमाले सचिवालय बैठक निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता निर्वाचनलाई सफल बनाउन दलहरुसँग प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छः गृहमन्त्री अर्याल जापानको टोकियो नजिकै सडक दुर्घटना, दर्जनौँ घाइते कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैनः मन्त्री घिसिङ शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक प्रधानमन्त्री कार्कीसँग प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यकः ट्रम्प ७५० केजी गाँजासहित दुई जना पक्राउ लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ यी स्थानमा काटिदैछ बिजुली गाडीको ठक्करबाट एक जनाको मृत्यु रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल