२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मधेश प्रदेश

महाकुम्भ मेलामा भएको भागदौडमा सम्पर्कविहीन भएका चार नेपालीमध्ये एक जना सम्पर्कमा

२०८१, १८ माघ शुक्रबार १५:४५

काठमाडौँ | भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा जारी महाकुम्भ मेलामा स्नानका क्रममा बुधबार बिहान भएको भागदौडमा सम्पर्कविहीन भएका चार जना नेपालीमध्ये एक जना सम्पर्कमा आएका छन् ।

उक्त भागदौडमा सम्पर्कविहीन भएका सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका– ३, सकरपुराका ६५ वर्षीय बुलबुल खङ्ग शुक्रबार बिहान परिवारको सम्पर्कमा आएको सप्तरीका प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए ।

सप्तरी तिलाठी कोइलाडी गाउँपालिका– १ की ६० वर्षीया सुनैनादेवी झा बुधबार बिहानदेखि महाकुम्भ मेलाबाट सम्पर्कविहीन भएको उनका छोरा ललित झाले बताएका छन् । चार दिनअघि सुनैनादेवीसहित ८ जनाको पारिवारिक समूह कुम्भ स्नानका लागि प्रयागराज पुगेको थियो ।

त्यसैगरी, जनकपुरधाम उपमहानगरपालिका– ८, बलवाटोल बस्ने ४५ वर्षीय नवलकान्त मिश्रा र उनका २ वर्षीय छोरा कार्तिक मिश्रा महाकुम्भ मेलामा भएको भागदौडमा परिवारजनसँग सम्पर्कविहीन भएका थिए । उनको खोजी कार्य गरिदिन परिवारजनले सामाजिक सञ्जालमार्फत सबैलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन