८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मधेश प्रदेश

महाकुम्भ मेलामा भएको भागदौडमा सम्पर्कविहीन भएका चार नेपालीमध्ये एक जना सम्पर्कमा

१८ माघ २०८१, शुक्रबार १५:४५

काठमाडौँ | भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा जारी महाकुम्भ मेलामा स्नानका क्रममा बुधबार बिहान भएको भागदौडमा सम्पर्कविहीन भएका चार जना नेपालीमध्ये एक जना सम्पर्कमा आएका छन् ।

उक्त भागदौडमा सम्पर्कविहीन भएका सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका– ३, सकरपुराका ६५ वर्षीय बुलबुल खङ्ग शुक्रबार बिहान परिवारको सम्पर्कमा आएको सप्तरीका प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए ।

सप्तरी तिलाठी कोइलाडी गाउँपालिका– १ की ६० वर्षीया सुनैनादेवी झा बुधबार बिहानदेखि महाकुम्भ मेलाबाट सम्पर्कविहीन भएको उनका छोरा ललित झाले बताएका छन् । चार दिनअघि सुनैनादेवीसहित ८ जनाको पारिवारिक समूह कुम्भ स्नानका लागि प्रयागराज पुगेको थियो ।

त्यसैगरी, जनकपुरधाम उपमहानगरपालिका– ८, बलवाटोल बस्ने ४५ वर्षीय नवलकान्त मिश्रा र उनका २ वर्षीय छोरा कार्तिक मिश्रा महाकुम्भ मेलामा भएको भागदौडमा परिवारजनसँग सम्पर्कविहीन भएका थिए । उनको खोजी कार्य गरिदिन परिवारजनले सामाजिक सञ्जालमार्फत सबैलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता