२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फेसबुकबाट साथी बनाई ५५ लाख यसरी ठगि गरियो

२०७४, ६ श्रावण शुक्रबार ०७:१९

साउन ६, काठमाडौं । फेसबुकमार्फत साथी बनी डलर पठाएको छु भन्दै ठगी गर्ने समूहका तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । 

महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले धादिङ धुनीबेसी नगरपालिका घर भई ललितपुर लगनखेल बस्ने पुरन घर्तीमगर भन्ने सुमन लामा, मकवानपुर हेटौंडा घर भई काठमाडौंको लाजिम्पाट बस्ने रवी थोकर र ललितपुर धोवीघाटका दिनेश बस्नेतलाई पक्राउ गरेको हो । 

दाङको लमही नगरपालिका बस्ने सुजाता केसी पौडेललाई झण्डै एक वर्षदेखि फेसबुकमा इयुएन्स स्मिथ नामबाट आफूलाई ‘बेलायती नागरिक हुँ’ भन्दै एक व्यक्तिले कुराकानी गर्दै आएका थिए । भारतीय मोबाइल नम्बरबाट पीडित पौडेललाई ‘तिम्रो नाममा बैंक अफ अमेरिकाको दिल्ली शाखाबाट १.७ मिलियन डलर पठाएको छु, भारतीय नियमअनुसार कर तिर्नुपर्ने भयो’ भन्दै रकम माग गरेका थिए । 

सोपश्चात पटक/पटक गरी पौडेलले विश्वासमा परी आइएमई र बैंक खातामार्फत पक्राउ परेका व्यक्तिको खातामा ५५ लाख ८५ हजार रुपैयाँ पठाउनुभएको थियो । रकम पठाएपश्चात आफू ठगीमा परेको थाहा पाएपछि पौडेलले प्रहरीमा उजुरी गर्नुभएको थियो ।

उजुरीपश्चात प्रहरीले ठगीमा संलग्न उनीहरुलाई विभिन्न स्थानबाट पक्राउ गरी आवश्यक अनुसन्धान एवम् कारबाहीका लागि बिहीबार महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह