प्रेम सुनार/साउन ६, गुल्मी । गाउँ कार्यालिकाको पहिलो बैठक नबस्नु अघि नै एक जना अपाङ्ग दलितलाई कुटपिट गरेका गुल्मीको चन्द्रकोट गाउँपालिकाका एक जना वडाध्यक्ष "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रेम सुनार/साउन ६, गुल्मी । गाउँ कार्यालिकाको पहिलो बैठक नबस्नु अघि नै एक जना अपाङ्ग दलितलाई कुटपिट गरेका गुल्मीको चन्द्रकोट गाउँपालिकाका एक जना वडाध्यक्ष "/>

२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अपाङ्ग दलित कुट्ने वडाध्यक्ष १३ हजार तिरेर रिहा

६ श्रावण २०७४, शुक्रबार ०८:४९


प्रेम सुनार/साउन ६, गुल्मी । गाउँ कार्यालिकाको पहिलो बैठक नबस्नु अघि नै एक जना अपाङ्ग दलितलाई कुटपिट गरेका गुल्मीको चन्द्रकोट गाउँपालिकाका एक जना वडाध्यक्ष १३ हजार ७ सय १० जरिवाना तिरेर रिहा भएका छन् ।

चन्द्रकोट गाउँपालिका वडा नम्वर ५ ग्वाघाका एमालेबाट निर्वाचित वडाध्यक्ष टेकबहादुर पुनले साउन १ गते दिउँसो स्थानिय अपाङ्ग दलित मानबहादुर बिकलाई उनकै घरमा गएर कुटेका थिए ।

त्यस विरुद्ध पिडितले ईलाका प्रहरी कार्यालय चन्द्रकोटमा उजुरी दिएका थिए । सो कार्यालयले हिजो दुवै पक्षलाई बोलाएर राखेको छलफलमा ठुलो समुहले दलित भएर दलितको ठाउँमा बस्नु प¥यो , मुख सम्हाल्नु प¥यो भनेर हप्काएको र पिटाई खाने दलितले बढि बोलेको भन्दै माफी समेत मगाएको बुझिएको छ ।

छलफलमा सहभागी एक दलित अगुवाले भने –‘ घाईते बिक गाउँमा अरु संग पनि बढि बोल्ने गरेको आवाज लिएर धेरै जना ओईरिएका थिए , नव निर्वाचित वडाध्क्षको पार्टी विरुद्ध चुनावताका पनि नारावाजी गरेको भन्ने सुनियो, मुख सम्हाल्नु पर्ने दवाव पनि बढि आयो त्यसैले कुटपिट पछि उनि वुटवल सम्म जातेआते गरेको र उपचार खर्च जोडेर १३ हजार ७ सय १० पिडित लाई दिलाउने र एक महिना पछि थप उपचारको जिम्मा समेत वडाध्यक्ष पुनले लिनु पर्ने सहमति गरिएको हो, ठुलो समुहका सामु हाम्रो केहि लागेन् ।’

यस सम्वन्धमा जिज्ञाषा राख्दा चन्द्रकोट ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव निरीक्षक खुमबहादुर पुनले त्यस्तो सहमति भएको तर मिलापत्र अझै नभएको बताए । पिडित बिकले पनि अव बढि नबोल्ने, पिडक वडाध्यक्षले पनि अब उनलाई कुटपिट नगर्ने भन्दै दुवै पक्षले क्षमयाचन गरेको उनले बताए ।

यस घटनाका सम्वन्धमा त्यस भेगका दलितहरुले चिन्ता व्यक्त गरेका छन् । 

अव आफैले जिताएका वडाध्यक्षले नै दलितहरुलाई कुटपिट गर्ने र पैसा तिरेर उम्कीने हो भने अरु सर्वसाधरणबाट कुटिदा त झन गुहार नै नपाउने हो कि भन्ने चिन्दा बढेको त्यहाँका दलितहरुको चिन्ता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध