२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

प्रेमीबाट छुटाउन बाबुआमा र मावली परिवार मिलेर हत्या, यसरी पत्ता लाग्यो घटना

२० माघ २०८१, आईतवार ११:५५

विराटनगर | विराटनगर महानगरपालिका– ५ विशाल चोकमा १४ वर्षीय चाँदनी यादवको हत्यापछि आमाबुवा र मावलीतर्फका आफन्तले चार फिट गहिरो खाडल खनेर गाढेको खुलेको छ ।

प्रेमीबाट छुटाउन बाबुआमा र मावली परिवार मिलेर हत्या गरेपछि मावली घरदेखि १२५ मिटर उत्तरमा चार फिट गहिरो खाल्डो खनेर गाडेको अवस्थामा शुक्रवार चाँदनी यादवको शव फेला परेको थियो ।

चाँदनीको घर भारत बिहार प्रदेशको छपरा जिल्लामा हो । उनी पुसको पहिलो हप्ता आमा राजकुमारी र दाजुसँग मामाघर विराटनगर आएकी थिइन् । आमा घर आएको एक महिनापछि ११ माघमा हत्या भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

यद्यपि, प्रहरीले हत्याको मिति पत्ता लगाउन घटनाको अनुसन्धानका गर्दै आएको र पक्राउ परेकाहरूबाट भने घटनाका बारेमा थप कुरा खुल्ने मोरङ प्रहरीका प्रवक्ता डिएसपी वेद प्रकाश जोशीले जानकारी दिए ।

‘भारतमा १ व्यक्तिसँग चाँदनीको प्रेम सम्बन्ध थियो । एक पटक ती व्यक्तिसँग भागेपछि चाँदनीको बुवा आमाले मामाघर ल्याएका रहेछन् । ती व्यक्तिसँग छुटाउने उद्देश्य राखी बाबु आमाले उनलाई मावली लिएर आए । तर, चाँदनीले छुट्न नसक्ने अड्डी कसिन् । रिसको झोँकमा सबै मिलेर हत्या गरेपछि घटना लुकाउन शव गाडेको पाइयो,’ घटनाको अनुसन्धान गर्दै आएको एक प्रहरी अधिकृतले भने, ‘अहिले मामाघर तर्फका पाँच जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दै आएका छौँ । थप विषय खुल्दै जानेछ । हामीले गहन तरिकाले अनुसन्धान सुरु गरेका छौँ ।’

प्रहरीले यस घटनामा आठ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । प्रहरी नियन्त्रणमा चाँदनीका मावली हजुरबुवा अन्दाजी ५७ वर्षीय सरजुग मण्डल, उनकी पत्नी जानकी मण्डल, सरजुगका भाइ पर्ने बतासी मण्डल, छोरा रामबाबु मण्डल, जेठी छोरी उर्मिला मण्डल, नातिनी अञ्जली मण्डल र नाति बबिदेवल मण्डल लगायतलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ ।

प्रहरी नियन्त्रणमा रहेकाहरूले सोधपुछ गर्दा वास्तविक कुरा नबताइरहेको जानकारी डीएसपी जोशीले दिए । प्रहरीले थप प्रमाण जुटाउने काम गरिरहेको उनले बताए ।

हत्या गरेको भोलिपल्ट आमा र दाजु लागे घर

चाँदनीको हत्या गरेपछि मामा घरबाट १ सय २५ फिट उत्तरमा ४ फिट गहिरो खाल्डो खनेर शरीरका कपडा सहितको शव गाडिएको थियो । चाँदनीको हत्यापछि शव व्यवस्थापन गरेर भोलिपल्ट आमा र दाजु भारतस्थित घर फर्किएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

‘मावली परिवारसँग मिलेर छोरीको हत्या गरेपछि आमा राजकुमारी र चाँदनीको दाजु घर फर्किएछन्,’ घटनाको अनुसन्धान गर्दै आएका एक अनुसन्धान अधिकृतले भने, ‘हत्या कसरी गरियो भन्ने यकिन छैन । त्यस विषय पत्ता लगाउन हामीले पक्राउ परेकासँग थप सोधपुछ र थप सबुत प्रमाण खोज्दैछौँ ।’

हत्या कसरी भयो भनेर अहिल्यै भन्न सकिने अवस्था नरहेको प्रहरीले बताएको छ । ‘हेरेर अनुमान गर्न सक्ने अवस्था छैन । शव सडेर दुर्गन्धित भएको अवस्थामा भेटिएको छ । घटना यकिन गर्न पोस्टमार्टम रिपोर्ट आउनैपर्छ । थप अनुसन्धानसमेत भइरहेको छ,’ डीएसपी जोशीले भने ।

शव गाडिएको यसरी पत्ता लाग्यो
चाँदनी मामाघर आएको र छर छिमेकीहरूले उनलाई नदेखेपछि गाउँघरमा हल्ला चल्यो । चाँदनी बेपत्ता भइन् । चाँदनी बेपत्ता भएको जानकारी आउनासाथ प्रहरी पुग्दा हजुरबुवा सरजुग मण्डलले नातिनी आफ्नै घरतिर गइसकेको बताएका थिए ।

प्रहरीले बाबुआमासँग सम्पर्क गर्दा छोरी मामाघरमै रहेको बताए । मामाघरको हजुरबुवा र आमाको कुरा बाझिएपछि घटना रहस्यमय रहेको भन्दै मोरङ प्रहरीबाट अनुसन्धान टोली परिचालन भयो ।

‘बालिकाका बारेमा सोधी खोजी गर्दा वास्तै गरेनन् । बाबुआमा र मावली हजुरबुवाको भूमिका शङ्कास्पद देखियो । बारम्बार कुरा फेर्न थालेपछि शङ्का लागेर थप खोजतलास गर्दा शव फेला परेको हो,’ डिएसपी जोशीले भने । मृतक चाँदनीकी आमा राजकुमारीकी माइली छोरी हुन् । राजकुमारीका २ छोरा र १ छोरी थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल