७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मन्त्रीको गाडीलाई साइड नदिएको आरोपमा ३ जना ट्रक चालकलाई कारबाही

२३ माघ २०८१, बुधबार १४:३८

कपिलवस्तु । लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीको गाडीलाई साइड नदिएको आरोपमा ३ वटा मालवाहक ट्रकलाई कारबाही गरिएको छ। मन्त्री कार्कीको लु१झ ७३८ नम्बरको गाडीलाई साइड नदिएको भन्दै हुलाकी राजमार्ग अन्तर्गत कपिलवस्तु नगरपालिका सडक खण्डमा पश्चिमबाट पूर्वतर्फ तीव्र गतिमा गइरहेको मन्त्री कार्कीको गाडीको बाटो रोक्ने ट्रक चालकहरूलाई कारबाही गरिएको हो ।

कारबाहीमा पर्नेमा प्र १०२००१ख ८४७३, ३३५१ र ९२०७ नम्बरका गाडी रहेका छन्। ती ट्रक चालकहरूलाई ५ सय रुपैयाँको जरिवाना गरिएको छ। मन्त्री कार्कीका निजी सुरक्षा अधिकृत (पीएसओ) हवल्दार कृष्णबहादुर खत्रीले ट्रकलाई रोकेर ट्राफिक प्रहरीले जर्बजस्ती कारबाही गर्न निर्देशन दिएका थिए।

मैदा लिएर नेपालगन्जबाट विराटनगर जाँदै गरेका ट्रक चालकहरूले भने आफूहरूलाई सत्ताको दम्भ देखाएर कारबाही गरिएको आरोप लगाएका छन् । ‘हामी सामान्य गतिमा थियौँ, एक्कासि गाडीले ओभरटेक गरेर अगाडि तेर्स्यायो र ट्राफिक बोलाएर जबरजस्ती जरिवाना तिरायो’ चालक दिलबहादुर कटुवालले भने । ‘ पछाडि को आएको छ कसरी हेर्ने, साइड मिररबाट मन्त्री चिन्न सकिन्न,पेल्ने हामी गरिखानेलाई त हो, कानुन हाम्रैलागि बनेको रैछ’ उनले गुनासो गर्दै भने । मन्त्रीले गाडी भित्रैबाट थुन्न आदेश दिएको तर प्रहरीले भने सामान्य कारबाही मात्रै गरेर छाडेको समेत चालकहरूले दुखेसो पोखे ।

मन्त्री कार्की भैरहवामा आयोजित जनस्वास्थ्यको कार्यक्रमका लागि बिहान ९ बजे भालुवाङबाट हिँडेका थिए। गाडी आफैमा निकै तीव्र गतिमा रहेको प्रत्यक्षदर्शीले बताएका थिए । सो सम्बन्धमा मन्त्रीका पिएसओ प्रहरी हवल्दार खत्रीका अनुसार ट्रक चालकहरूले बाटो छेक्दै गाडीको भिडियो बनाइरहेका थिए, र हर्न बजाउँदा पनि सडक जाम गर्न थालिसकेपछि कारबाही सिफारिस गरिएको बताए। -राजधानी राष्ट्रिय दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी