काठमाडौँ | अमेरिकी वायुसेनाकाे जहाज नेपाल आएको छ ।बिहीबार बेलुकी ५ः ३५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज अवतरण भएको हो ।
उक्त एयरफोर्स आज बिहान ९ः२० मा फिर्ता गएको हो । विमानस्थल स्रोतका अनुसार उक्त जहाज चार्टर गरी नेपाल आएको थियो । तर, विमानमा केका लागि चार्टर गरिएको भन्ने खुलेको छैन ।
अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पले सैनिक जहाजबाट अवैध आप्रवासीहरुलाई सम्बन्धित देशमै फिर्ता लगिरहेकाे बेलामा नेपालीलाई पनि फिर्ता पठाएकाे हाेकी भन्ने आशंका गरिएकाे छ । यद्यपी उक्त आशंका पुष्टि हुन सकेकाे छैन ।
अमेरिकी सेनाकाे विमानले भारतीय अवैध आप्रबासीलाई आफ्नै जहाजबाट फिर्ता गराइरहेकाे छ । अमेरिकाबाट १३३५ जना नेपाली अवैध रहेकाे बताइएकाे छ ।