प्रेम सुनार/साउन ८, गुल्मी । निरक्षणमा आज गुल्मी आई पुगेका नेपाल सरकारका नायव महान्याधिवक्ता वद्रीप्रसाद गौतमले नयाँ संविधानमा खुल्ला कारागार उल्लेख भएको र "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रेम सुनार/साउन ८, गुल्मी । निरक्षणमा आज गुल्मी आई पुगेका नेपाल सरकारका नायव महान्याधिवक्ता वद्रीप्रसाद गौतमले नयाँ संविधानमा खुल्ला कारागार उल्लेख भएको र "/>

२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब खुल्ला कारागार, वन्दीहरु भित्र होईन वाहिर काममा

८ श्रावण २०७४, आईतवार १३:५१


प्रेम सुनार/साउन ८, गुल्मी । निरक्षणमा आज गुल्मी आई पुगेका नेपाल सरकारका नायव महान्याधिवक्ता वद्रीप्रसाद गौतमले नयाँ संविधानमा खुल्ला कारागार उल्लेख भएको र त्यसको नीति निमार्ण भए पछि भोलीका दिनमा बन्दीहरु कारागार भित्र नभएर बाहिर खुल्ला काममा लगाउन सकिने बताएका छन् ।

आज विहान गुल्मी जिल्ला कारागारको निरक्षण गर्दै उनले यस्तो बताएका हुन् । उनले भने– ‘ नेपालमा भुकम्प जाँदा चिनबाट काम गर्न आउने त्यहाँका कैदीहरु थिए, चिनमा कैदीहरुलाई कारागारमा होईन, विभिन्न सरकारी कार्यालय निमार्ण र  राज्यले गर्ने अन्य निर्माण स्थलमा श्रम गर्न लगाईन्छ , नेपालमा पनि अहिलेको संविधानले त्यही परिकल्पना गरेकोले दलहरुले नीति निर्माणमा  ऐक्यबद्धता जनाए अव नेपालमा पनि कैदीहरुलाई कारागार भित्र होईन,  उनिहरुलाई सम्पर्कमा राख्दै वाहिर काममा लगाईने छ ।’

गौतमले गुल्मीको जिल्ला कारागार असुक्षित र कम क्षमताको भएको बताए ।  धेरै पुरानो र साँघुरो रहेछ । खेल मैदान सहित फराकिलो र सुरक्षित स्थानमा कारागार बनाउनु पर्ने उनले बताए । उनले गुल्मीका कैदी बन्दीहरु मुढा  र ढाका बुनाई गरेर कारागारलाई सुधार गृहका रुपमा विकास गरेको प्रति सह्राना गरे ।

भित्र वसेर आफुहरुलाई सुधार गर्दै यहाँका बन्दीहरुले घर खर्च समेत जुटाउन सकेको प्रगतिलाई अन्य जिल्लाका वन्दीहरुले पनि अनुसरण गर्नु पनेमा  सुझाव दिए । 

गौतमले जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षको समेत निरक्षण  गरेका थिए । त्यस्तै जिल्ला सरकारी वकिलको कार्यालयको कार्य सम्पादनको अवस्थाबारे पनि चासो राखेको जिल्ला न्यायधिवक्त लक्ष्मण घिमिरेले जानकारी दिए ।

नायव महान्यायधिवक्ता गौतमले काम  कर्तव्य र अधिकार क्षेत्रलाई चुस्त बनाउनँदै छिटो छरिटो मुस्कान सहितको सेवा नागरिकलाई दिलाउन निर्देशन समेत दिएको घिमिरेले बताए । घिमिरे आजै अर्घाखाँचीमा समेत निरक्षण गर्न पुगेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस