प्रेम सुनार/साउन ८, गुल्मी । निरक्षणमा आज गुल्मी आई पुगेका नेपाल सरकारका नायव महान्याधिवक्ता वद्रीप्रसाद गौतमले नयाँ संविधानमा खुल्ला कारागार उल्लेख भएको र "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रेम सुनार/साउन ८, गुल्मी । निरक्षणमा आज गुल्मी आई पुगेका नेपाल सरकारका नायव महान्याधिवक्ता वद्रीप्रसाद गौतमले नयाँ संविधानमा खुल्ला कारागार उल्लेख भएको र "/>

२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब खुल्ला कारागार, वन्दीहरु भित्र होईन वाहिर काममा

२०७४, ८ श्रावण आईतवार १३:५१


प्रेम सुनार/साउन ८, गुल्मी । निरक्षणमा आज गुल्मी आई पुगेका नेपाल सरकारका नायव महान्याधिवक्ता वद्रीप्रसाद गौतमले नयाँ संविधानमा खुल्ला कारागार उल्लेख भएको र त्यसको नीति निमार्ण भए पछि भोलीका दिनमा बन्दीहरु कारागार भित्र नभएर बाहिर खुल्ला काममा लगाउन सकिने बताएका छन् ।

आज विहान गुल्मी जिल्ला कारागारको निरक्षण गर्दै उनले यस्तो बताएका हुन् । उनले भने– ‘ नेपालमा भुकम्प जाँदा चिनबाट काम गर्न आउने त्यहाँका कैदीहरु थिए, चिनमा कैदीहरुलाई कारागारमा होईन, विभिन्न सरकारी कार्यालय निमार्ण र  राज्यले गर्ने अन्य निर्माण स्थलमा श्रम गर्न लगाईन्छ , नेपालमा पनि अहिलेको संविधानले त्यही परिकल्पना गरेकोले दलहरुले नीति निर्माणमा  ऐक्यबद्धता जनाए अव नेपालमा पनि कैदीहरुलाई कारागार भित्र होईन,  उनिहरुलाई सम्पर्कमा राख्दै वाहिर काममा लगाईने छ ।’

गौतमले गुल्मीको जिल्ला कारागार असुक्षित र कम क्षमताको भएको बताए ।  धेरै पुरानो र साँघुरो रहेछ । खेल मैदान सहित फराकिलो र सुरक्षित स्थानमा कारागार बनाउनु पर्ने उनले बताए । उनले गुल्मीका कैदी बन्दीहरु मुढा  र ढाका बुनाई गरेर कारागारलाई सुधार गृहका रुपमा विकास गरेको प्रति सह्राना गरे ।

भित्र वसेर आफुहरुलाई सुधार गर्दै यहाँका बन्दीहरुले घर खर्च समेत जुटाउन सकेको प्रगतिलाई अन्य जिल्लाका वन्दीहरुले पनि अनुसरण गर्नु पनेमा  सुझाव दिए । 

गौतमले जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षको समेत निरक्षण  गरेका थिए । त्यस्तै जिल्ला सरकारी वकिलको कार्यालयको कार्य सम्पादनको अवस्थाबारे पनि चासो राखेको जिल्ला न्यायधिवक्त लक्ष्मण घिमिरेले जानकारी दिए ।

नायव महान्यायधिवक्ता गौतमले काम  कर्तव्य र अधिकार क्षेत्रलाई चुस्त बनाउनँदै छिटो छरिटो मुस्कान सहितको सेवा नागरिकलाई दिलाउन निर्देशन समेत दिएको घिमिरेले बताए । घिमिरे आजै अर्घाखाँचीमा समेत निरक्षण गर्न पुगेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह