४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एकहप्ता अघि मात्र भारतबाट घर आएका थिए त्रिशूलीमा बेपत्ता रोहित, खोजी गर्न गोताखोर परिचालन

२ फाल्गुन २०८१, शुक्रबार १७:१६

काठमाडौँ | आज बिहान ११:३० बजेतिर नारायणगढ-मुग्लिङ सडकखण्डको चट्टाने भीर (दुई किलो) क्षेत्रमा मोटरसाइकल दुर्घटना हुँदा त्रिशूली नदीमा बेपत्ता भएका रोहित रानाको खोजीकार्य जारी छ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र गोताखोरहरूको टोली घटनास्थलमा खोजतलास गर्दैछन्। नारायणगढबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश ०६–०२ प ९२०४ नम्बरको रोयल इन्फिल्ड बाइक सडकको छेउको डिभाइडरमा ठोक्किँदा चालक रोहित राना करीब १५० मिटर तल त्रिशूली नदीमा बेपत्ता भएका थिए।

प्रत्यक्षदर्शीहरूले बताएअनुसार राना उछिट्टिएर नदीमा पुगेका थिए। मोटरसाइकल सडकमा मात्रै रहिरहेको थियो। घटनास्थल नजिकै माछा मार्दै गरेका एक व्यक्तिले दुर्घटनाको बारेमा जानकारी दिएका थिए।

रोहित राना २७ वर्षका थिए र सडकबाट झरेपछि उनी त्रिशूली नदीमा पुगेको अनुमान गरिएको छ। दुर्घटनास्थलबाट कम्मरमा बोकिरहेको सानो ब्याग फेला परेको थियो, जसमा भएको कागजातको आधारमा उनका बारेमा जानकारी प्राप्त भएको थियो। लमजुङको सुन्दरबजार गाउँपालिका–३ चन्द्रेश्वरका राना भारतीय सेनामा कार्यरत गोर्खाली राइफल म्यान रहेका छन्।

उनको स्थायी ठेगाना चन्द्रेश्वर भए पनि उनका परिवार  हाल चितवनको भरतपुर महनगरपालिका–१ रामनगरमा बस्दै थिए। उनका आफन्तका अनुसार उनले आज बिहान खाना खाएर काठमाडौँ जानका लागि घरबाट निस्किएका थिए। चन्द्रेश्वर–३ का वडाध्यक्ष अमृत न्यौपानेले जानकारी दिएअनुसार, रोहितका बुवा अशोक पनि भारतीय सेनाको सेवानिवृत्त सैनिक हुन्, र उनका भाइ पनि भारतीय सेनामा कार्यरत छन्।

घटनाको जानकारी पाएपछि रोहितका बुवा अशोक र परिवारका अन्य सदस्य घटनास्थलमा पुगेका छन्। यता, रोहितका मामा विजय राना रोहित दाईको घर जान्छु भनेर घरबाट निस्किएको बताउँछन्। उनका अनुसार भारतमै कार्यरत रोहित एकहप्ता अघि मात्रै नेपाल आएका थिए। रोहित घरको जेठो छोरा रहेको र बिवाह नभएको उनले जानकारी दिए।

हाल सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट खटिएको गोताखोरको टोली र जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी अधिकारीहरूले खोजी कार्य जारी राखेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश